सगरमाथाबाट ढुंगा ल्याउँदा २ शेर्पा र १ अमेरिकी किन पक्राउ परे ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
सगरमाथाबाट ढुंगा ल्याउँदा २ शेर्पा र १ अमेरिकी किन पक्राउ परे ?

सारांश

  • राष्ट्रिय निकुञ्जका कुनै पनि वस्तु बिनाअनुमति कसैले लैजान पाउँदैन ।
  • यस्तै संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जबाट केही आरोहीले ढुङ्गा बोकेर ल्याउँदा अहिले कानूनी झमेलामा परेका छन् ।
  • हिमाल आरोहण गरेर काठमाडौँ फर्किंदै गरेका तीन जनालाई सगरमाथा क्षेत्रको ढुङ्गो बोकेर ल्याएको आरोपमा सोमबार बिहान नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय निकुञ्जका कुनै पनि वस्तु बिनाअनुमति कसैले लैजान पाउँदैन । यस्तै संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जबाट केही आरोहीले ढुङ्गा बोकेर ल्याउँदा अहिले कानूनी झमेलामा परेका छन् । हिमाल आरोहण गरेर काठमाडौँ फर्किंदै गरेका तीन जनालाई सगरमाथा क्षेत्रको ढुङ्गो बोकेर ल्याएको आरोपमा सोमबार बिहान नियन्त्रणमा लिएको छ । हुन त उनीहरुले चिनोका लागि भनेर पनि ढुङ्गा ल्याएको हुनसक्छ तर ‘कानूनको अनभिज्ञता क्षम्य हुँदैन’, यो कानूनको सिद्धान्त हो । कानून जानेको छैन भन्दैमा उसलाई सजायमा छुट हुँदैन । त्यसैले हरेक मान्छेले कानून जानेको हुन्छ भनेर कानूनले व्याख्या गरेको हुन्छ । अझै संरक्षित क्षेत्रको विषय झन् संवेदनशील बन्नपुग्छ ।

आज पक्राउ पर्नेमा ४० वर्षीय पेम्बा शेर्पा, ३० वर्षीय पुर्वा शेर्पा र अमेरिकी नागरिक सोफिया हेलर रहेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ । उनीहरुलाई सानो आकारका १२ वटा ढुङ्गा र झण्डै एक किलोको अर्को ढुङ्गा ल्याएका थिए । सोलुखुम्बुबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले खानतलासी गर्दा उनीहरुको साथबाट ढुङ्गा बरामद गरिएको हो ।

वन क्षेत्रको विषय भएकाले आवश्य क अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँलाई बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।

कार्यालयका डिभिजनल वन अधिकृत रामबाबु पौडेलले संरक्षित क्षेत्रबाट बिना अनुमति कुनै पनि वस्तुहरु निकासी गर्न नपाइने बताए । यस्तो भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कारवाही हुने बताए । उनीहरुको विषयमा अनुसन्धान भइरहेको पौडेलको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?