रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १३, २०७६
|
|
२० पटक हेरिएको
Shares
रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित

सारांश

  • एजेन्सी ।
  • च्याम्पियन युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको अन्तिम खेलमा पराजित भएको छ ।
  • आइतबार राति भएको सिजनको अन्तिम खेलमा युभेन्ट्स साम्पडोरियासंग २–० ले पराजित भएको हो ।

एजेन्सी । च्याम्पियन युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको अन्तिम खेलमा पराजित भएको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा युभेन्ट्स साम्पडोरियासंग २–० ले पराजित भएको हो ।

घरेलु मैदानमा साम्पडोरियालाई जित दिलाउन ग्रेगोइरे डेफ्रेल र गिन्लुका कप्रारीले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै साम्पडोरियाले जित निकालेको हो । खेलको ८४ औं मिनेटमा डेफ्रेलले गोल गर्दै साम्पडोरियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा कप्रारीले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए ।

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको युभेन्ट्सले सिजनको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । बल पोजिसनमा पकड जमाएपनि युभेन्ट्स गोल गर्न असफल भएको थियो । यो हारसंगै च्याम्पियन युभेन्ट्सले सिजनको खराब अन्त्य गरेको छ । यसअघि नै च्याम्पियन बनेको युभेन्ट्सले यस सिजन ३८ खेलबाट ९० अंक जोड्यो । ५३ अंक जोडेको साम्पडोरिया नवौं स्थानमा रह्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?