आजको राशीफल हेर्नुहोस्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २२, २०७५
|
|
४७ पटक हेरिएको
Shares
आजको राशीफल हेर्नुहोस्

सारांश

  • २०७५ साल माघ २२ गते मंगलबार।
  • मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।
  • तापनि प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ।

२०७५ साल माघ २२ गते मंगलबार।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। तापनि प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। पारिवारिक असमझदारीका बाबजुद पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम प्राप्त गर्ने समय छ। काममा प्रतिष्ठित व्यक्तिहरूको सहयोग पुर्याउनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जिम्मेवारी वहन गर्नुपर्ला। अस्वस्थताले लक्ष्यमा पुग्न समस्या पर्नेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। समस्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
कमजोरीको अनुभूति हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। जीवनशैली व्यस्त रहे पनि काम बिग्रने डरले सताउनेछ। कमजोर नतिजा सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दौडधुपले कमजोरी अनुभूति हुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
योजनाले आकस्मिक यात्रा गराउन सक्छ। वादविवादमा अघि नसर्नुहोला। व्यावसायिक काममा आम्दानी बढ्नेछ। मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। अतिथिका रूपमा सेवा सत्कार प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। ठूलाको वचन हार्न नसक्दा दुःख पाइनेछ। ईर्ष्या गर्नेहरूलाई तह लगाउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले समस्या निम्त्याउन सक्छ। परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
समस्या आउनाले सम्झौता भंग हुन सक्छ। आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले फाइदा हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यापारमा विशेष फाइदाको योग छ। तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन्। केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ, सजग रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। परिस्थितिको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुपर्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने मौका छ। बिछोडिएका आफन्तहरू नजिकिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थान परिणाम सार्वजनिक, कसले कहाँ जिते ??
३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थान परिणाम सार्वजनिक, कसले कहाँ जिते ??
नहरमा डुबेर दुईजना बालबालिका बेपत्ता
नहरमा डुबेर दुईजना बालबालिका बेपत्ता
सुरक्षित बन्दै भृङ्गी–स्वर्गद्वारी सडक
सुरक्षित बन्दै भृङ्गी–स्वर्गद्वारी सडक
भाजपा नेताको आपत्तिजनक ट्वीटप्रति युवासंघका नेता झाको कडा जवाफ
भाजपा नेताको आपत्तिजनक ट्वीटप्रति युवासंघका नेता झाको कडा जवाफ
पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो: प्रचण्ड
पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो: प्रचण्ड
काठमाडौँको दक्षिणी भेगको रक्षकः जलविनायक गणेश
काठमाडौँको दक्षिणी भेगको रक्षकः जलविनायक गणेश
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु
टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु
गोविन्द केसीका मागबारे एमालेले गर्यो यस्तो निर्णय
गोविन्द केसीका मागबारे एमालेले गर्यो यस्तो निर्णय
इराकमा बाढीका कारण २१ जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय
इराकमा बाढीका कारण २१ जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय