जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २६, २०७३
|
|
२३३ पटक हेरिएको
Shares
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन

सारांश

  • फागुन २६, रामेछाप – जिल्ला विकास समिति रामेछापले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको छ ।
  • रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले निर्वाचन आचारंहिता विपरित जिल्ला विकास समितिको गाडीमा नेपाली काँग्रेसका नेता बोकेर योजना अनुगमन गर्न गएका छन् ।
  • रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले स्थानिय निकायको निर्वाचनमा आचारसंहिता उलङ्घन गर्नेलाई कारवाहि गर्ने चेतावनी दिएपनि स्थानीय विकास अधिकारीबाटै आचारसंहिता उलङ्गन भएको हो ।

फागुन २६, रामेछाप – जिल्ला विकास समिति रामेछापले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको छ । रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले निर्वाचन आचारंहिता विपरित जिल्ला विकास समितिको गाडीमा नेपाली काँग्रेसका नेता बोकेर योजना अनुगमन गर्न गएका छन् । रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले स्थानिय निकायको निर्वाचनमा आचारसंहिता उलङ्घन गर्नेलाई कारवाहि गर्ने चेतावनी दिएपनि स्थानीय विकास अधिकारीबाटै आचारसंहिता उलङ्गन भएको हो ।

स्थानीय विकास अधिकारी पन्तले बा २ झ ५५६ नम्बरको जिल्ला विकास समितिको गाडीमा आज रामेछापको चनखु गाविसमा रहेका योजना अनुगमन गर्न भन्दै नेपाली कांग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ र क्षेत्र नम्बर २ का सभापति बिनोद कार्कीलाई लिएर गएका हुन् । निर्वाचन आयोगले सरकार, सरकारी स्वामित्वमा रहेका संस्था, स्थानीय निकाय, राजनीतिक दल तथा सञ्चार माध्यम लगायतलाई १०४ बुँदे आचारसंहिता जारी गरेपनि रामेछापका स्थानीय विकास अधिकारीले त्यसलाई अटेर गरेका छन् ।

यस विषयमा स्थानीय विकास अधिकारी पन्तले काँग्रेसका नेताहरु पनि चनखुकै भएकाले आफूसँगै आएको बताए । रामेछापका प्रजिअ खत्रीले भने निर्वाचन अचारसँहिता लागु भएकाले सरकारी गाडीमा राजनीतिक दलका मानिस चढाउन नमिल्ने भन्दै यस बिषयमा थप अनुसन्धान गर्ने र दोषि पाईए कारबाहीका लागि सिफारिस गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
प्रतिनिधिसभामा एमालेको विरोध
प्रतिनिधिसभामा एमालेको विरोध
राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
नौ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर
नौ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर
देश र श्रीपेच जोगाउन राजावादी युवाहरुद्वारा हतियार उठाउने चेतावनी !
देश र श्रीपेच जोगाउन राजावादी युवाहरुद्वारा हतियार उठाउने चेतावनी !
ह्वील चियरमा आएकी यात्रु छोडेर भाग्ने बस कारवाहीमा
ह्वील चियरमा आएकी यात्रु छोडेर भाग्ने बस कारवाहीमा
राष्ट्रपतिले गरेको सम्बोधन संशोधन गर्न माग !
राष्ट्रपतिले गरेको सम्बोधन संशोधन गर्न माग !
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन
तरुण दल उत्रियो सडकमा
तरुण दल उत्रियो सडकमा
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको निधन
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको निधन