डडेल्धुरा बस दुर्घटना: १० जनाको सनाखत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
डडेल्धुरा बस दुर्घटना:  १० जनाको सनाखत

सारांश

  • डडेल्धुरा,७ मंसिर।
  •   डडेल्धुरामा बिहीबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये १० जनाको परिचय खुलेको छ।
  • प्रहरीका अनुसार डडेल्धुराका चार, डोटीका पाँच र कैलालीका एक जनाको सनाखत भएको हो।

डडेल्धुरा,७ मंसिर।  डडेल्धुरामा बिहीबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये १० जनाको परिचय खुलेको छ। प्रहरीका अनुसार डडेल्धुराका चार, डोटीका पाँच र कैलालीका एक जनाको सनाखत भएको हो। दुर्घटनामा डडेल्धुराका नवदुर्गा गाउँपालिका वडा नम्बर घर भएका ३० वर्षीय तेज धामी, २२ वर्षीय चक्र धामी, नवदुर्गा गाउँपालिका ३ का १७ वर्षीय तिलक खाती र गन्यापधुरा ३ की ३० वर्षीया माया रावलको मृत्यु भएको हो।

यसैगरी डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ का वर्ष ४० वर्षीय कैलाश रावल र योगेन्द्र रावल, वडा नम्बर ४ की ३५ वर्षीया शशी विक, वडा नम्बर ११ की २५ वर्षीया गोदा भाट र डोटीकै शिखर नगरपालिका वडा नं १० का रोहित बलायरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस्तै कैलालीको गोदावरी वडा नम्बर १० का पुरन कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ।

डडेल्धुराबाट डोटी जाँदै गरेको से १ च २९३ नम्बरको बस दुई जिल्लाको सीमानामा पर्ने रडुवा खोलामा बिहीबार साँझ दुर्घटनामा परेको हो। दुर्घटनामा १२ जनाको घटनास्थलमै र ६ जनाको उपचारका क्रममा मृत्यु भएको थियो। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?