टापुमा चीन र जापानका दाबीसँगै टकराव बढ्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २३, २०७७
|
|
२० पटक हेरिएको
Shares
टापुमा चीन र जापानका दाबीसँगै टकराव बढ्यो

सारांश

  • एजेन्सी, २३ असार ।
  • चिनियाँ तटमा खटिने जहाजहरु विगत चार दिनमा दुई पटक जापान प्रभावित टापुमा छिरेका छन् ।
  • चिनियाँ तटमा खटिने जहाजहरु निरन्तर प्रवेश गरिरहेको कारण जापानी जहाजहरु उक्त जहाजहरुलाई रोक्न बाध्य भएको टोक्योका अधिकारीले सोमबार जनाएका छन् ।

एजेन्सी, २३ असार । चिनियाँ तटमा खटिने जहाजहरु विगत चार दिनमा दुई पटक जापान प्रभावित टापुमा छिरेका छन् । चिनियाँ तटमा खटिने जहाजहरु निरन्तर प्रवेश गरिरहेको कारण जापानी जहाजहरु उक्त जहाजहरुलाई रोक्न बाध्य भएको टोक्योका अधिकारीले सोमबार जनाएका छन् ।

जापान प्रभावित सेनकाकु टापूको चार कि.मी भित्रसम्म चिनियाँ जहाज देखापरेको उनले जनाएका छन् । जसलाई चीनले दियाओ टापु भन्ने गर्दछ । उक्त क्षेत्रको २० किमीको पानी जापानको अधिनमा रहेको अधिकारीहरुले जनाएका छन् । चिनियाँ जहाजहरुको गतिविधिप्रति टोक्योले बारम्बार कूटनीतिक विरोध प्रर्दशन गरिरहेको जनाइएको छ ।

दुवै पक्षले उक्त क्षेत्रलाई आफ्नो भन्दै दाबी गर्दै आएको छ । तर, सन् १९७२ देखि उक्त क्षेत्रलाई जापानले प्रशासित गर्दै आएको छ । दुवै देशबीचको मुख्य तनाव भने जापानको दक्षिणपश्चिम क्षेत्रको १९ सय कि.मीमा रहेको चट्टानी श्रृंखलामा केन्द्रित छ । जसलाई दूवै पक्षले वर्षौ देखि आ–आफ्नो अडान लिएका छन् ।

ओकिनाम राज्यले उक्त टापुलाई जापन प्रशासित रहेको ठहर गर्दै स्वीकृत दिएपछि विगत महिनादेखि तनाव बढ्दै गएको छ । बेजिङले भने उक्त विषयप्रति घोर आपत्ती जनाउँदै विरोध गरेको थियो । यसैक्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता झोओ लिजीयानले उक्त क्षेत्रमा चीनको पेट्रोलिङको अधिकार रहेको जनाउँदै जापानले आफ्नो गतिविधि कम गर्न चेतावनी दिएका छन् । साथै चीनको सार्वभौममा हस्तक्षेप नगर्न चेतावनीसमेत दिएका थिए ।

विवादीत क्षेत्रमा विगत ८४ दिन देखि निरन्तर चीनको पेट्रोलिङ भइरहेको जनाइएको छ । हालै चीन र भारत सीमा विवादको घटनालाई जापाले चिनियाँ इरादा बुझ्न आवश्यक रहेको जापानी अधिकारीले बताएका छन् । हिन्द महासागरमा जापान र भारतको जल सेनाद्वारा अभ्यासहरु भइरहेको छ । चीनले भारतसंगको सीमा, हङकङ, इस्ट चाइना सी, साउथ भाइना सीमा आफ्नो तीव्रता देखाइ प्रभुत्व जमाउने प्रयास गरिरहेको आरोप जापानले लगाएको छ । उक्त क्षेत्रहरुको स्वरुप चीनले परिवर्तन गर्न खोजीरहेको जापानले आरोप लगाइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली वैज्ञानिकले बनाएको नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै
नेपाली वैज्ञानिकले बनाएको नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२५ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२५ जनाको मृत्यु
राष्ट्रपतिले मेरो सरकार भन्दा विरोध गर्नेहरुलाई डा. युवराज संग्रौलाको यस्तो जवाफ
राष्ट्रपतिले मेरो सरकार भन्दा विरोध गर्नेहरुलाई डा. युवराज संग्रौलाको यस्तो जवाफ
गगन थापाको आह्वान : तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं (भिडिओसहित)
गगन थापाको आह्वान : तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं (भिडिओसहित)
कोरोनाको सङ्क्रमण फैलन नदिने तयारी गर्न सांसदको माग
कोरोनाको सङ्क्रमण फैलन नदिने तयारी गर्न सांसदको माग
नेपाल टेलिकमले आफ्ना ६ वटा सेवालाई निःशुल्क बनाएको छ……
नेपाल टेलिकमले आफ्ना ६ वटा सेवालाई निःशुल्क बनाएको छ……
हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्छ: महामन्त्री कोइराला
हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्छ: महामन्त्री कोइराला
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२: नेपालसँग स्कटल्याण्ड पराजित
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२: नेपालसँग स्कटल्याण्ड पराजित
सांसद नारायण खड्का बाट घाईते नारायण कार्कीलाई एक महिनाको तलब सहयोग
सांसद नारायण खड्का बाट घाईते नारायण कार्कीलाई एक महिनाको तलब सहयोग
मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै
मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै

तपाईंले छुटाउनुभयो कि?