राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ६, २०७९
|
|
३५ पटक हेरिएको
Shares
राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट

सारांश

  • काठमाडौं ।
  • राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले आज सिंहदरबारमा शिष्टाचार भेटघाट गरेका छन् ।
  • उक्त अवसरमा अध्यक्ष तिमिल्सिनाले बेलायतले नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गरे।

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले आज सिंहदरबारमा शिष्टाचार भेटघाट गरेका छन् । उक्त अवसरमा अध्यक्ष तिमिल्सिनाले बेलायतले नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गरे।

उनले बेलायती संसद्का सभामुखलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकेको जानकारी गराए । नेपाल र बेलायतबीच शान्ति तथा मैत्रीसन्धि भएको एक सय वर्षका अवसरमा आयोजना गरिने औपचारिक कार्यक्रममा बेलायती संसद्का सभामुखलाई प्रमुख अतिथिका रुपमा नेपालमा स्वागत गर्न चाहेकोसमेत उनले बताए ।

उक्त भेटका क्रममा सांसद शर्माले बेलायतबाट छिट्टै उच्चस्तरीय भ्रमण हुने जानकारी गराए । साथै बेलायतलगायत युरोपेली आकाशमा नेपाल वायुसेवाको उडान प्रतिबन्ध फुकुवाको पहल गर्न तथा नेपाल–बेलायत सिधा हवाई उडानको व्यवस्थाका लागिसमेत राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले आग्रह गरे ।

उनले बेलायत सरकारले ब्रिटिस गोर्खाली सेनाका विषय, पर्यटन प्रवद्र्धन, पूर्वाधारमा लगानी, सीप विकास, नेपाली विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थालगायतका विषयमा सहयोग गर्न आग्रह गरे । सो अवसरमा उनीहरुबीच दुवै देशका सांसदबीच संसदीय अभ्यासको आदानप्रदानका बारेमा समेत छलफल भएकाे छ ।

(bushnellmotorsportspark.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?