जटिल प्रसूति सेवा बन्द !

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
जटिल प्रसूति सेवा बन्द !

सारांश

  • बैतडी,  २६ साउन ।
  • बैतडी जिल्ला अस्पतालमा छ वर्षदेखि सञ्चालनमा रहेको जटिल प्रसूति सेवा बन्द गरिएको छ ।
  • उक्त सेवा बन्द हुँदा शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने अवस्थाका महिला भारत तथा छिमेकी जिल्ला अस्पताल जान बाध्य छन् ।

बैतडी,  २६ साउन । बैतडी जिल्ला अस्पतालमा छ वर्षदेखि सञ्चालनमा रहेको जटिल प्रसूति सेवा बन्द गरिएको छ । उक्त सेवा बन्द हुँदा शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने अवस्थाका महिला भारत तथा छिमेकी जिल्ला अस्पताल जान बाध्य छन् । आफू गभर्वती भएको आठ महिनामै ब्यथा लागेपछि उक्त अस्पतालमा जचाउन आउँदा पेटमा उल्टो अवस्थामा बच्चा देखिनुका साथै बच्चाभन्दा सालनाल अगाडि रहेको पाइएको र आफूलाई यहाँ उपचार हुन नसक्ने भनेकाले डडेल्धुरा जिल्ला अस्पताल पुगेर बच्चा जन्माउनु परेको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटकी सुनिता विष्टले बताए ।

आर्थिक अवस्था राम्रो भएका व्यक्तिले बाहिर गएर पनि उपचार गराउन सक्छन् तर गरीबका लागि भने निकै समस्या भएकाले सम्बन्धित निकायले तत्काल यस विषयमा ध्यान दिनुपर्नेमा सोही स्थानका गणेश विष्टले जोड दिए ।

केही महिनादेखि बिरामी परेका एनेस्थेसिया असिस्टेन्ट दुई महिनाअघि निधन भएकाले एनेस्थेसिया दिइ शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचार गराउन कठिन भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा जगदीशचन्द्र विष्टले बताए । एनेस्थेसिया असिस्टेन्टको व्यवस्थाका लागि स्वास्थ्य सेवा विभागमा लिखित र मौखिकरुपमा जानकारी गराए पनि अहिलेसम्म कुनै पहल नभएको उनले जानकारी दिए ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?