इन्काउन्टरमाथि शंका : भारतकाे गोवामा पक्राउ, नेपालमा गोली !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १०, २०७४
|
११
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १० फागुन -चरी उपनामले कुख्याती कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार क्षेत्र बनाएर अपराधमा संलग्न थिए ।
  • थप उचाइ चढ्न एमाले प्रवेश गरेका उनी धादिङ–१ क्षेत्रीय कमिटीको उपाध्यक्षसमेत बने ।
  • आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं, १० फागुन -चरी उपनामले कुख्याती कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार क्षेत्र बनाएर अपराधमा संलग्न थिए । थप उचाइ चढ्न एमाले प्रवेश गरेका उनी धादिङ–१ क्षेत्रीय कमिटीको उपाध्यक्षसमेत बने ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

राजनीतिक संरक्षणमा शक्ति बढेपछि उनले आफ्ना प्रतिस्पर्धीलाई दिउँसै गोली हान्न पनि थाले । कांग्रेस ललितपुरका नेतासमेत रहेका मीनकृष्ण महर्जनलाई गोली हानेको पुष्टि भए पनि उनी पक्राउ परेनन् । शक्ति बढेको आत्मविश्वासमा चरीले पार्टीकै नेताहरूलाई समेत धम्क्याउन थालेका थिए । पछि एमालेकै नेता वामदेव गौतम गृहमन्त्री रहेका वेला २१ साउन ०७१ मा प्रहरीले उनलाई ‘इन्काउन्टर’मा मार्‍यो । प्रहरीका अनुसार मोटरसाइकल चढेर धादिङतर्फ जाँदै गरेको अवस्थामा भीमढुंगामा उनीसँग मुठभेड भएको थियो ।

राजनीतिक संरक्षणले घैँटेको व्यवसाय जोगियो, ज्यान जोगिएन
काठमाडौं नयाँ बजारका स्थानीय कुमार घैँटे कांग्रेसी नेताहरूको छत्रछायामा हुर्किएका डन थिए । निर्माण व्यवसायीका अनुसार कांग्रेसका जगदीश्वरनरसिंह केसीको परिवार र कुमार घैँटे व्यावसायिक साझेदार नै थिए । घैँटे तरुण दलमा प्रवेश गरेर समाजसेवी पनि बनेका थिए । तर, उनले अपराध कर्म छाडेनन् । राजनीतिक आवरणमा उनले अपराध गतिविधि अझ मजबुत तुल्याए । अन्ततः घैँटे सामाखुसीस्थित निवासमै भएको प्रहरी इन्काउन्टरमा ३ भदौ ०७३ मा मारिए ।

मनोज पुनको यात्रा : माओवादी हुँदै एमाले, सम्बन्ध बिग्रिएपछि समापन

रुपन्देही देवदह–६ का हुन् मनोज बुढामगर । बालुवाको कारोबार गर्ने क्रममा उनी माओवादीको भ्रातृ संस्था वाइसिएलसँग नजिकिए । व्यवसाय अझ बढाउन एमाले प्रवेश गरेका उनी एमालेसम्बद्ध युवा संघ रुपन्देहीको कोषाध्यक्षसमेत बने । एमाले नेता विष्णु पौडेलको नाम लिएर उनले अपराध कर्म अझ बढाए । युवा संघ रुपन्देहीले कारबाही गरेपछि प्रतिशोध साँध्न ४ पुस ०७३ मा गोली हानी आफ्नै पूर्वअध्यक्ष दुर्गा तिवारीको हत्या गरे । तर, प्रहरीको पहुँचबाट टाढा भारतमा बसेर गिरोह चलाउन थालेका उनले २३ असोज ०७४ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गराए । यसबाट पनि सुरक्षित उनले लगत्तै २१ पुस ०७४ मा बुटवल देवदहकै फर्निचर व्यवसायी बलु भनिने वसन्त पौडेलकोे हत्या गरे । अन्तर्राष्ट्रिय डन बन्ने महवाकांक्षामा अन्धाधुन्ध अघि बढेका उनी बुधबार प्रहरी इन्काउन्टरमा मारिएका छन् । साथमा उनका सहयोगी सोम आलेको पनि ज्यान गएको छ ।

इन्काउन्टरमाथि शंका
मनोजले हानेको गोली मोटरसाइकलमा, प्रहरीले हानेको गोली छातीमा
पूर्वएआइजी राजेन्द्रबहादुर सिंह भन्छन्, ‘एकपछि अर्को इन्काउन्टरमा शंकै छ ।’

गोवामा पक्राउ नेपालमा गोली !
भारतको गोवामा केही दिनअघि नै पक्राउ गरेर ल्याइएको र बुधबार बिहान गोली हानिएको चर्चा छ । तर, रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली भन्छन्, ‘खोज्दै जाँदा देवदहको मुख्य सडकमा जम्काभेट भयो, उनीहरूले फायरिङ गरे ।’

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Nischal Kanxaa

    Pakrau jahasukai hos tara yesta gunda naike hamra deska netako aadma khuleaam aaparadh garne bektilai marnai parxa

    Comment Author

    Yagya Pandey

    पत्रकार माहसयहरुको अर्थ बुझियन

    Comment Author

    Mohan Neupane

    Kina sanka garnu paryo auta kukhyat jyanmara apradhilai praharile maryo sakyo

    Comment Author

    Tulsi Gajurel

    gunda palera akut Paisa kamaune parti ta amale po raixa

    Comment Author

    Krishu Ac

    J sukai vayeni GUNDA lai mareko ho well don NEPAL POLICE

    Comment Author

    Rana Dhan Kumar

    हत्त्यारा को इन्काउन्तर हुनु राम्रो कुरा हो

    Comment Author

    Unique Paudel

    जाहा जे सुकै गरे पनि ज्यानमारा लाइ यसरि नै मार्नु पर्छ र प्रहरी ले मारेको छ जनता खुसि छन।

    Comment Author

    Durga Begha

    एस्तो पत्रकार ले कुन दिन चाख छ अनि था हुन्छ

    Comment Author

    Sarita Rai

    K ko sanka arulai chai goli hanna hune jyanmaralai nahune ab balatkariko palo

    Comment Author

    Devraj Karki

    गुन्डा संचालक कराउन थाले।यिनिहरुको पनि निगरानी गर्नु पर्छ।

    Comment Author

    Devraj Karki

    गुन्डा संचालक कराउन थाले।यिनिहरुको पनि निगरानी गर्नु पर्छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?