राष्ट्रपतिमा विद्या भण्डारीलाई राजपाले पनि भोट दिने
सारांश
- काठमाडौं, २६ फागुन- राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा एमालेकी उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ ।
- राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव केशव झाले जानकारी दिए ।
- उनका अनुसार वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ ।
काठमाडौं, २६ फागुन- राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा एमालेकी उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ । राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव केशव झाले जानकारी दिए ।
उनका अनुसार वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ । सत्ता नेतृत्वकर्ता एमाले र माओवादी केन्द्रसँग भइरहेका छलफल र वार्ता सकारात्मक ढंगले अघि बढिरहेकाले पनि राष्ट्रपतिमा राजपाले भण्डारीलाई समर्थन गरेको बताइन्छ ।
महासचिव झाले संविधान संशोधनमा कुरा मिलेपछि सरकारसँग सहकार्य गर्ने गरी छलफल चलिरहेको र सोही आधारमा राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको बताए । राष्ट्रपति भण्डारी र कांग्रेसका तर्फबाट लक्ष्मी राईले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनको प्रतिष्पर्धी छन् । रासस
Damodar Pantha Damodar Panth
Ramro
Anj Rai
जन्ता ले देश बनाउन बाम गठ्बन्धन लाइ जिम्मेवारि दियेको छ, ससफो सम्म लाइ सरकार मा लेउनु ठिक हो, तर यो भारत को झन्डा बोक्ने, हिन्दि राश्ट्रिय भाशा बनाउन खोज्ने पार्टि लाइ सर्कार मा लेउनु कति ठिक होला?