अस्थायी पुलबाट चिप्लिएर एक युवा बेपत्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०८०
|
|
२६ पटक हेरिएको
Shares
अस्थायी पुलबाट चिप्लिएर एक युवा बेपत्ता

सारांश

  • जुम्ला ।
  • जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन् ।
  • आज बिहान ६ बजेतिर सो गाउँपालिका–६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

जुम्ला । जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन् ।

आज बिहान ६ बजेतिर सो गाउँपालिका–६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

बेपत्ता हुनेमा तिला–६ निवासी घोडे गाउँका कर्णबहादुर रोकाया उनका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

तिला–१ रारासेरी बजारबाट चामलको बोरा लिएर घरजाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । तिला नदीको पानी धमिलो भएकाले खोज्न समस्या भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?