नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २१, २०७९
|
|
३० पटक हेरिएको
Shares
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ ।
  • पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको बैठकले सबै पक्षलाई समेटेर दश दिनभित्र तदर्थ समितिलाई पूर्णता दिने सहमति भएको हो ।

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ ।

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको बैठकले सबै पक्षलाई समेटेर दश दिनभित्र तदर्थ समितिलाई पूर्णता दिने सहमति भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले दश दिनभित्र दुजाङ शेर्पा नेतृत्वको नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिने र आठ महिनाभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिए ।

नेविसङ्घको केन्द्रीय महाधिवेशन चाँडो हुनुपर्ने मागसहित एक हप्तादेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसङ्घ बृहत् सङ्घर्ष समितिको नाममा अनसन भइरहेको थियो । महाधिवेशन गर्ने, तदर्थ समितिलाई पूर्णता दिने र आठ महिनाभित्र महाधिवेशन गर्ने सहमति गरेसँगै उक्त अनशन स्थगित भएको सचिव केसीले बताए ।

उक्त सहमतिअनुसार जिल्लामा देखिएको नेविसङ्घको विवाद पार्टीको नेतृत्व र पदाधिकारीका बीचमा छलफल गरी समाधान गर्ने सहमतिसमेत भएको छ । उक्त सहमतिमा नेविसङ्घका अध्यक्ष शेर्पा, नेविसङ्घ बृहत् सङ्घर्ष समितिका उज्ज्वल बज्राचार्य र कांग्रेस केन्द्रीय कार्यालयका सचिव केसीले हस्ताक्षर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान शंशोधनलाई यथास्थितिमा राखी निर्वाचन गर्नुपर्छ : वरिष्ठ नेता पौडेल।
संविधान शंशोधनलाई यथास्थितिमा राखी निर्वाचन गर्नुपर्छ : वरिष्ठ नेता पौडेल।
बिजुलीबाट तीन सय घरधुरी लाभान्वित
बिजुलीबाट तीन सय घरधुरी लाभान्वित
आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो
आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो
नेपाल कतारसँग हार्दा प्रतियोगिताबाटै बाहिरियो
नेपाल कतारसँग हार्दा प्रतियोगिताबाटै बाहिरियो
विद्युतीय गाडीमा बढ्दो आकर्षण, आयोनीक–५ सोल्ड आउट
विद्युतीय गाडीमा बढ्दो आकर्षण, आयोनीक–५ सोल्ड आउट
भारतको रोजगारले सुनसान बनाएको नौलाकोट गाउँ
भारतको रोजगारले सुनसान बनाएको नौलाकोट गाउँ
आज  रवि लामिछानेका सवारी चालक थापाको अन्तेष्टी गरिँदै
आज रवि लामिछानेका सवारी चालक थापाको अन्तेष्टी गरिँदै
कुन समयमा महिलालाई यौन चाहना तीव्र हुन्छ , थाहा पाइराख्नुस
कुन समयमा महिलालाई यौन चाहना तीव्र हुन्छ , थाहा पाइराख्नुस
आज दलहरुलाई समानुपातिकतर्फको सूचि माग्दै, कसको कति सिट! नयाँ सरकार गठनको बाटो खुल्ने
ब्वाइफ्रेण्ड नखोजिदिएको भन्दै कम्पनीविरुद्ध मुद्दा, अदालतकाे यस्ताे अादेश
ब्वाइफ्रेण्ड नखोजिदिएको भन्दै कम्पनीविरुद्ध मुद्दा, अदालतकाे यस्ताे अादेश

तपाईंले छुटाउनुभयो कि?