८२ कोरोना संक्रमित थपिए, १४७ जना डिस्चार्ज
सारांश
- काठमाडौं, २८ असार ।
- देशमा आज ८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
- योसँगै कुल संक्रमित संख्या १६ हजार ८ सय १ पुगेको छ ।
काठमाडौं, २८ असार । देशमा आज ८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ८ सय १ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ८ हजार ५ सय ८९ जना घर फर्केका छन् । पुर्वका धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया