सरकारको अलोकप्रिय कदमकै कारण नागरिकको भरोसा गुमाउँदै गएको दाबी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १०, २०७६
|
|
१८ पटक हेरिएको
Shares
सरकारको अलोकप्रिय कदमकै कारण नागरिकको भरोसा गुमाउँदै गएको दाबी

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन्।
  • सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको दाबी उनले गरे।

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन्। सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको दाबी उनले गरे। ’भ्रष्टाचार नियन्त्रण हुन दिन्नौं भनेर सरकारले भने पनि सरकारकै कारण दिनदिनै ठुल्ठूला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन्’, नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा नेता सिंहले भने, ’यसबाट सरकारप्रति नागरिकको भरोसा गुम्दै गइरहेको छ।’

सरकारप्रति नागरिकहरुको विश्वास गुम्दै जानु मुलुक, लोकतन्त्र र स्वयं राजनीतिक दलका लागि सोचनीय विषय भएको उनको भनाइ छ। यसको परिणाम दुभाग्यपूर्ण हुने भन्दै उनले सतर्क रहन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे। पछिल्लो समय जनसरोकारका विषयमा कांग्रेस खरो उत्रन नसकेको भन्दै आलोचना भइरहेको छ। तर, नेता सिंहले जनसरोकारका विषयमा मौन नबसेको दाबी गरे । यद्यपि, उनले जनअपेक्षा अनुरूप उत्रन नसकेको भने स्वीकारे।

‘जनसरोकारका विषयमा विषयमा कांग्रेस मौन बस्यो भन्नु सही होइन, हामी आवाज उठाइरहेका छौं’, उनले भने, ’तर जति हुनुपर्ने त्यो नभएको हुनसक्छ।’ उनले मंगलादेवी सिंहको व्यक्तित्व र कीर्तित्वको चर्चा गर्दै उनको उचित मूल्यांकन हुन नसकेको गुनासो गरे । मंगलादेवी नेपाली महिला आन्दोलनकी अग्रणी मानिन्छन्। उनी कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहकी श्रीमती तथा नेता प्रकाशमान सिंहकी आमा हुन्। लामो समय बिमारी भएर आराम गरिरहेका नेता सिंह मंगलबार पहिलो पटक सार्वजनिक कार्यक्रम सहभागी भएका हुन्। कार्यक्रममा कांग्रेस नेता कारयकर्ता शुभेच्छुकको उल्लेखनीय सभागिता रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?