नेपाल टी २० को लागि खेलाडी दर्ता खुला

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ११, २०७९
|
|
२७ पटक हेरिएको
Shares
नेपाल टी २० को लागि खेलाडी दर्ता खुला

सारांश

  • काठमाडौं ।
  • नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० को लागि खेलाडी दर्ता खुला गरेको छ ।
  • क्यानले शनिबार सामाजिक सञ्जालमार्फत खेलाडी दर्ता खुला भएको जानकारी दिएको हो ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० को लागि खेलाडी दर्ता खुला गरेको छ । क्यानले शनिबार सामाजिक सञ्जालमार्फत खेलाडी दर्ता खुला भएको जानकारी दिएको हो । क्यानले खेलाडी दर्ताका लागि चार मापदण्ड राखेको छ।

दर्ताका लागि राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप, मेयर कपमा सहभागी भएको हुनुपर्ने र सन् २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनुपर्ने, नेपाली यु १९ राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता र शृङ्खलामा प्रतिनिधित्व गरेको हुनुपर्ने, सन् २०१८ देखि सिनियर टिममा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई प्राथमिकतामा राखिने र सन् २०१८ यता विभिन्न फ्रेन्चाइज प्रतियोगिताहरूमा सहभागी खेलाडीहरूलाई प्राथमिकतामा राखिने क्यानले जनाएको छ ।

क्यानले खेलाडी दर्ताका लागि अगस्ट ३१ सम्मको समय दिएको छ । असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म चल्ने नेपाल टी २० क्यानको आधिकारिक प्रतियोगिता हो । यसमा नेपालका विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

(Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?