दशैँ तिहार बिदामा रानीमहलमा पर्यटकको चहलपहल बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०७४
|
|
३० पटक हेरिएको
Shares
दशैँ तिहार बिदामा रानीमहलमा पर्यटकको चहलपहल बढ्यो

सारांश

  • पाल्पा, १ कात्तिक ,तानसेन नगरपालिका–१३, बौघागुम्बास्थित रानीमहलमा पर्यटकको चहलपहल बढेको छ ।
  • रानीमहल दरबारसम्म सवारी आवागमन सहज भएपछि पर्यटकको चहलपहल बढेको हो ।
  • रानीमहल तानसेनदेखि १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारस्थित चट्टानमा रहेको छ ।

पाल्पा, १ कात्तिक ,तानसेन नगरपालिका–१३, बौघागुम्बास्थित रानीमहलमा पर्यटकको चहलपहल बढेको छ ।

रानीमहल दरबारसम्म सवारी आवागमन सहज भएपछि पर्यटकको चहलपहल बढेको हो । रानीमहल तानसेनदेखि १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारस्थित चट्टानमा रहेको छ । दशैँ तिहारको बिदा र सडक मर्मतपछि यहाँ आउने पर्यटक बढेका हुन् ।

कालीगण्डकी नदीको भिरालो चट्टानमा अवस्थित नेपालको ताजमहल मानिने रानीमहल हेर्नलायकको पर्यटकीयस्थल हो । ऐतिहासिक, पुरातात्विक, पर्यटकीय, धार्मिक, सांस्कृतिकरुपमा अत्यन्त महत्वपूर्ण मानिएकोे रानीमहल पर्यटकका लागि आकर्षणको लोभलाग्दो सम्पदा हो ।

वर्षामा बिग्रिएका सडक मर्मत भई पूर्णरुपमा सडक सुचारु भएसँगै रानीमहल पुग्ने आन्तरिक तथा बाहय पर्यटक बढेका हुन् । पर्यटकको आवागमनमा वृद्धि भएसँगै रानीमहलमा चहलपहल बढेको हो ।

दशैँअघिसम्म पर्यटक शून्यजस्तो देखिए पनि अहिले दैनिक ३०० जनासम्म आन्तरिक पर्यटक आउने गर्दछन् । बाह्यभन्दा आन्तरिक पर्यटकको ओइरो लागेको पर्यटन व्यवसायी वसन्त कुँवरले बताउनुभयो ।

अस्थायी प्रहरी बिट, रानीमहलका प्रहरी जवान टीकाराम सिंजालीका अनुसार सडक सुचारु भएपछि शुक्रबार र शनिबार बढी मात्रामा स्कुले विद्यार्थीको ओइरो लाग्ने गरेको छ ।

कालीगण्डकी नदी किनारमा अवस्थित रानीमहल पर्यटक आकर्षणको लोभ लाग्दो सम्पदा हो । साउन, भदौ महिना वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको सडक पूर्णरुपमा सञ्चालनमा आएपछि पर्यटकको चहलपहल बढेको स्थानीय बासिन्दा ताराबहादुर थापाले बताउनुभयो ।

पाल्पा गौँडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा विसं १९४९ मा शुरु गरी पाँच वर्षमा निर्माण कार्य पूरा भएको थियो । विसं १९५४ मा निर्माण पूरा गरेको रानीमहल अहिले नेपालको ताजमहलका रुपमा परिचित छ । प्रेमको प्रतीक ठानिने रानीमहल प्रेमजोडीको प्रमुख गन्तव्य रहेकाले पर्यटकको ओइरो लाग्ने गर्दछ ।

डिभिजन सडक कार्यालयले सडक मर्मत गरेपछि साना सवारीसाधन सहजरुपमा रानीमहल पुगिरहेकोे इञ्जिनियर पवित्रमणि आचार्यले बताउनुभयो । सात किलोमिटर सडक यसै वर्ष कालोपत्रे तथा पाँच किलोमिटर सडक ग्राभेल हुनेछ ।

हाल तानसेनदेखि रानीमहलसम्म एउटामात्र जिप सञ्चालनमा रहेको छ । अन्य निजि तथा साना भ्यान, कार तथा स्कार्पिओ गाडी ताजमहलसम्म पुग्न थालेपछि पर्यटक गत वर्षभन्दा बढेको स्थानीय बासिन्दा सुरेश पाण्डेयले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीलाई विश्वमै वीरलै बहने उत्तरबाहिनी नदीका रुपमा लिइन्छ । उत्तरबाहिनी नदीको पानीमा हातमुख धुँदा मात्र पनि मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

ताजमहल दरबार क्षेत्रमा अध्ययन, अनुसन्धानका अलावा धार्मिक पर्यटक भ्रमण गर्न र प्रकृतिसँग रमाउन रानीमहल पुग्ने र कालीगण्डकी नदीमा पौडी खेलेर मनोरञ्जन लिनका लागि समेत पर्यटक आकर्षित बनेका छन् ।

यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नसकेमा रानीमहलको महत्व अझ बढ्ने स्थानीय बासिन्दा बताउँछन् । यहाँ पर्यटक बढेपछि पाल्पाका होटल व्यवसायीसमेत अहिले खुशी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरु भयो काठमाडौँमा साझाको रात्रीबस, थाहा पाउनुस् कुन–कुन रुटमा चल्छ ?
सुरु भयो काठमाडौँमा साझाको रात्रीबस, थाहा पाउनुस् कुन–कुन रुटमा चल्छ ?
१८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती
१८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती
भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द 
भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द 
प्रधानमन्त्री दाहालले भने :   छिट्टै सरकारलाई पूर्णता दिन्छौँ
प्रधानमन्त्री दाहालले भने : छिट्टै सरकारलाई पूर्णता दिन्छौँ
कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लािग उपस्थित हुन सर्वोच्चको आदेश
कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लािग उपस्थित हुन सर्वोच्चको आदेश
महंगियो इन्टरनेट : साउन १ बाट शुल्क बढ्दै , उपभोक्ता माथि थप भार
महंगियो इन्टरनेट : साउन १ बाट शुल्क बढ्दै , उपभोक्ता माथि थप भार
सशस्त्र समूहको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु
सशस्त्र समूहको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु
इन्द्रदह मेला स्थगित, भक्तजन फर्काइँदै
इन्द्रदह मेला स्थगित, भक्तजन फर्काइँदै
नाम ‘मसिहा’, काम शून्य: निर्वाचनमा नमिठो पराजय भोग्दै मधेसका दिग्गजहरू
नाम ‘मसिहा’, काम शून्य: निर्वाचनमा नमिठो पराजय भोग्दै मधेसका दिग्गजहरू
दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार
दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार

तपाईंले छुटाउनुभयो कि?