नेपाल एयरलायन्सले जापान, कोरिया र साउदी अरबमा नयाँ जहाज उडाउँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०७५
|
|
३५ पटक हेरिएको
Shares
नेपाल एयरलायन्सले जापान, कोरिया र साउदी अरबमा नयाँ जहाज उडाउँदै

सारांश

  • काठमाडौं, २१ असार ।
  • राष्ट्रिय ध्वजाबाहकले पहिलो वाइडवडी जहाजको आगमनसँगै लामो दुरीको गन्तव्यमा जहाज उडाउने तयारी गरेको छ ।
  • नेपाल देखि अष्ट्रेलिया तथा अमेरिकासम्म जहाज उडाउने लक्ष्य भएपनि नेपाल एयरलायन्सले नयाँ गन्तव्यको रुपमा जापान, कोरिया र साउदी अरबमा फ्लाइट सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

काठमाडौं, २१ असार । राष्ट्रिय ध्वजाबाहकले पहिलो वाइडवडी जहाजको आगमनसँगै लामो दुरीको गन्तव्यमा जहाज उडाउने तयारी गरेको छ ।

नेपाल देखि अष्ट्रेलिया तथा अमेरिकासम्म जहाज उडाउने लक्ष्य भएपनि नेपाल एयरलायन्सले नयाँ गन्तव्यको रुपमा जापान, कोरिया र साउदी अरबमा फ्लाइट सञ्चालन गर्ने तयारी गरिरहेको छ । यि क्षेत्रमाहरु साताको ३ दिन उडान भर्ने एयरलायन्सको योजना रहेको छ ।

हाल नेपाल एयरलायन्सले क्वाला लुम्पुर, दोहा, बैंकक, दुबई, बैंगलोर, मुम्बई र नयाँ दिल्लीमा मात्र अन्तर्राष्ट्रिय उडान भर्दै आएकोमा अबदेखि साउदी अरबको रियाद, कोरियाको सोल र जापानको राजधानी टोकियोसम्म उडान भर्न कार्ययोजना बनाइसकेको छ ।

रियाद र सोलको उडान दशैं अगाडिसम्म हुने तयारी गरेको नेपाल एयरलायन्सले टोकियोको लागि असोजको पहिलो हप्तासम्ममा उडान शुरु हुने जनाएको छ ।

टोकियोको नारिता अन्तर्राष्ट्रिय एयरपोर्टमा नेपालीहरुले सबैभन्दा बढि प्रयोग गर्ने एयरपोर्टमा पर्छ । हाल नेपालीहरुले थाइ एयरवेज, क्याथे ड्रयागन, चाइना साउदर्न, कोरियन एयर र सिंगापुर एयरलायन्स मार्फत् यो गन्तव्यमा गइरहेका छन् । नेपाल एयरलायन्सको आगमन पछि सिधा फ्लाइट हुने तथा भाडादर पनि नेपाल एयरलायन्सको सुपथ हुने हुँदा यसबाट नेपाली विद्यार्थी र जापानमा बस्दै आएका अन्य नेपालीहरु लाभान्वित हुने भएका छन् । त्यस्तै पर्यटकहरुलाई पनि नेपाल आउन सजिलो तथा सुपथ हुने भएको छ ।

पहिलो वाइडवडी नेपालमा आइसकेको र दोश्रो आउने क्रममा रहेकोले नेपाल एयरलायन्सले गन्तव्यहरु थप बनाउने कार्यमा लागेको हो । तथापी गन्तव्यहरु थपेपनि व्यवस्थापन विगत्को जस्तै गैर जिम्मेवार भएमा नेपाल एयरलायन्सले अपेक्षाकृत सफलता हासिल गर्न सम्भव नरहेको यस क्षेत्रका विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bhakta Bdr Sodari

    Good

    Comment Author

    Prakash Bhandari

    Kaile bata ho narita aune ?? Ki guf only ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?