जनचाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ स् डा कोइराला ।

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १४, २०७६
|
|
२५ पटक हेरिएको
Shares
जनचाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ स् डा कोइराला ।

सारांश

  • विराटनगर।
  • विराटनगर महानगरपालिका धेरै पुरानो शहर भएर पनि बजारमा विश्राम लिने र शौचालय प्रयोग गर्ने सुविधाको अभाव अब नहुने भएको छ।
  • औद्योगिक नगरी, राजनीतिज्ञको कर्म एवं जन्मभूमिले चिनिने विराटनगर महानगरपालिकाको वडा नं ९ अन्तर्गत बजार क्षेत्रमा सुविधासम्पन्न शौचालय र उद्यानको अभाव थियो।

विराटनगर। विराटनगर महानगरपालिका धेरै पुरानो शहर भएर पनि बजारमा विश्राम लिने र शौचालय प्रयोग गर्ने सुविधाको अभाव अब नहुने भएको छ। औद्योगिक नगरी, राजनीतिज्ञको कर्म एवं जन्मभूमिले चिनिने विराटनगर महानगरपालिकाको वडा नं ९ अन्तर्गत बजार क्षेत्रमा सुविधासम्पन्न शौचालय र उद्यानको अभाव थियो। दिनप्रतिदिन बजारको क्षेत्र बढ्दै जानु, जनसङ्ख्या बढ्नु तर सेवासुविधा नबढ्नुका पछाडि लामो समयसम्म स्थानीय तह जनप्रतिनिधिविहीन हुनु र सोचको अभाव रहनु नै हो।

यही मर्मलाई आत्मसात गर्दै महानगरपालिकाले बजारको मध्यभागमा आफ्नै स्वामित्वमा रहेको एक कठ्ठा १६ धुर जग्गामा स्मार्ट उद्यान बनाउने निर्णय गरेको छ। हरियाली, स्तनपान कक्ष, महिला र पुरुषका लागि अलगअलग शौचालय र पानीको फोहरासहितको सो उद्यान अगामी एक वर्षभित्रमा निर्माणकार्य सम्पन्न हुने इञ्जिनीयर गोपाल पोखरेलले जानकारी दिए। उद्यानका लागि प्रदेशसभा सदस्य केदार कार्कीले संसद् कोषबाट रु ४८ लाख र महानगरपालिकाले रु ७० लाख रकम व्यहोर्ने भएको छ।

सो उद्यानको शिलान्यास कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जनताका चाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने सुझाव दिए। उनले विगतबाट पाठ सिकेर अब विकास गर्नुको विकल्प नरहेको जनप्रतिनिधिले मनन गर्नुपर्ने भन्दै यस नगरको १९ वटै वडामा यस्ता किसिमको विकास निर्माण हुनुपर्नेमा जोड दिए।

प्रदेशसभा सदस्य कार्कीले नगरलाई हराभरा, सफासुग्घर राख्न जनप्रतिनिधि मात्रले गर्नुपर्छ भन्ने मानसिकता त्याग्न नगरवासीलाई आह्वान गर्दै विकास निर्माणमा सबैले एउटै धारणा बनाउनुपर्छ भने। महानगरपालिकाका प्रमुख भीम पराजुलीले आम जनतालाई सेवासुविधा प्रदान गर्न र नगरको सुन्दरता बढाउन पनि उद्यानको निकै महत्व छ भन्नुभयो । उपप्रमुख इन्दिरा कार्की र इञ्जिनीयर अर्जुन थापाले उद्यानले नगरको शोभा बढाउनुका साथै स्वच्छ वतावरणका लागि पनि मद्दत गर्ने विचार व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?