औडी कपको उपाधि छिनोफानो सडनडेथबाट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १६, २०७६
|
|
४१ पटक हेरिएको
Shares
औडी कपको उपाधि छिनोफानो सडनडेथबाट

सारांश

  • काठमाडौं।
  • औडी कप फुटबलको उपाधि इंगलिश प्रिमियर क्लब टोटनह्याम हट्सपरले जितेको छ ।
  • बुधबार राति जर्मनीको म्युनिख रंगशालामा भएको फाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई सडनडेथमा पराजित गर्दै टोटेनहमले उपाधि उचालेको हो ।

काठमाडौं। औडी कप फुटबलको उपाधि इंगलिश प्रिमियर क्लब टोटनह्याम हट्सपरले जितेको छ । बुधबार राति जर्मनीको म्युनिख रंगशालामा भएको फाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई सडनडेथमा पराजित गर्दै टोटेनहमले उपाधि उचालेको हो ।

निर्धा्रित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। १९ औंं मिनेटमा ईरिक लामेलाको गोलबाट टोटनह्यामले अग्रता लिएको थियो । ५९ औं मिनेटमा क्रिस्टियन एरिक्सनले टोटनह्यामको अग्रता दोब्बर पारे।

पहिलो हाफमा २–० गोल अन्तरले पछि परेको बायर्नले दोस्रो हाफमा बराबरी गोल फर्कायो।
६१ औं मिनेटमा जान फिएद अर्पले गोल गर्दै बार्यनलाई २–१ को स्थितिमा ल्याए।

८१ औं मिनेटमा अल्फान्सो डेविसले गोल गर्दै खेल बराबरीमा ल्याए ।सडनडेथमा ६–५ ले टोटनह्याम विजयी भयो। डिफेन्डर जेरोमी बोआटेङले पेनाल्टी हान्न चुकेपछि टोटनह्याम प्रिसिजनको पहिलो उपाधि जित्न सफल भयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?