‘जनता सँग प्रहरी’ कार्यक्रम उदयपुर मा सुरु !
सारांश
- अस्बिन खड्का, १५ जेठ ।
- प्रदेश नम्बर १ सरकारको १०० दिने कार्यक्रम अन्तर्गत ‘जनता सँग प्रहरी’ कार्यक्रम लाई सार्थक बनाउन घर घर मा स्टिकर टाँस अभियान सुरू गरेकाे छ ।
- मंगलबार प्रमुख जिल्लाअधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षतामा एक कार्यक्रम बिच सूरू भएकाे हाे ।
अस्बिन खड्का, १५ जेठ । प्रदेश नम्बर १ सरकारको १०० दिने कार्यक्रम अन्तर्गत ‘जनता सँग प्रहरी’ कार्यक्रम लाई सार्थक बनाउन घर घर मा स्टिकर टाँस अभियान सुरू गरेकाे छ ।
मंगलबार प्रमुख जिल्लाअधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षतामा एक कार्यक्रम बिच सूरू भएकाे हाे । 
नागरिक सूचना र सुरक्षाको लागी घर घर मा स्टिकर टाँस अभियान कार्यक्रम मा उदयपुरका प्रमुख खड्ग बहादुर परियारको प्रमुख आतिथ्यता, जिल्ला प्रहरी प्रमुख एस पी नबराज भट्ट , जि स स का उप प्रमुख, त्रियुगा नगरपालिका गाईघाटका उप प्रमुख, नेपाली सेनाका प्रमुख सेनानी,सरकारी कार्यालयका प्रमुखहरु, प्रमुख राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, स्थानिय तहका प्रमुख तथा उप प्रमुखहरु, पत्रकार, शिक्षक, बुद्धिजिवी, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, विधार्थी,नागरिक समाज, खेलाडीहरु लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेकाे थियाे ।
जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं १ स्थित जोगिदह बाट कार्यक्रम सुरु गरिएको प्रहरी प्रमुख नबराज भट्ट ले जानकारी दिएका छन।
प्रतिक्रिया