जेलबाटै गोविन्द केसीको आन्दोलनलाई बालकृष्ण ढुंगेलले गरे अभिवादन !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
जेलबाटै गोविन्द केसीको आन्दोलनलाई बालकृष्ण ढुंगेलले गरे अभिवादन !

सारांश

  • काठमाडौं, पुस २७ ।
  • डिल्लीबजार कारागारमा रहेका माओवादी नेता बालकृष्ण ढुङगेलले डाक्टर गोविन्द केसीको आन्दोलनमा समर्थन जनाएका छन् ।
  • २०५० साल असार १० मा ओखलढुङगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई गत कात्तिक १४ गते डेराबाटै पक्राउ गरेको हो ।

काठमाडौं, पुस २७ । डिल्लीबजार कारागारमा रहेका माओवादी नेता बालकृष्ण ढुङगेलले डाक्टर गोविन्द केसीको आन्दोलनमा समर्थन जनाएका छन् । २०५० साल असार १० मा ओखलढुङगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई गत कात्तिक १४ गते डेराबाटै पक्राउ गरेको हो ।

ढुङगेललाई भेट्न डिल्लीबजार सदरखोर पुगेकी उनकी जेठी छोरी बिनिता ढुङगेलले १५ दिनपछि बुबालाई भेट्न जाँदा यो सन्देश पुर्याइदिन भनेपछि बालकृष्णलाई उद्वृत गर्दै फेसबुकमा बुबाको फोटो राखेर एक स्ट्याटस लेखेकी छन् ।

यस्तो छ बिनिताको स्ट्याटस जस्ताको तस्तैः–
‘इतिहासकै दोस्रो पटक दोस्रो व्यक्ति बनेर अदालती अत्याचार र व्यापारिक न्यायसम्पादनका विरुद्ध आवज बुलन्द गर्दै अदालती अन्यायको विरुद्वमा आन्दोलनको विभिन्न स्वरुपमध्ये एउटा आमरण अनसन जस्तो जोखिमयुक्त आन्दोलन गर्नुहुने डा. गोविन्द केसीको साहस र आन्दोलनलाई ऐक्यबद्धतासाथ मेरो अभिवादन छ ।’

अदालतले ढुंगेललाई १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नुपर्ने भन्दै निर्णय गरिसकेको छ ।

जेल चलान हुँदै गर्दा पूर्व सभासद ढुंंगेलले आफूलाई जनयुद्धकालिन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पा महोत्सवमा रु १२ करोड बराबरको कारोबार
पाल्पा महोत्सवमा रु १२ करोड बराबरको कारोबार
दिपक जंगममय ‘अविरल यात्रा’ नेपाली संगीत संस्कारको पृथक उदाहरण (फोटो फिचर)
दिपक जंगममय ‘अविरल यात्रा’ नेपाली संगीत संस्कारको पृथक उदाहरण (फोटो फिचर)
अदालतले जन्मकैद सुनाएका काङ्ग्रेस नेता गाउँपालिका अध्यक्ष
अदालतले जन्मकैद सुनाएका काङ्ग्रेस नेता गाउँपालिका अध्यक्ष
निगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा
निगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा
अाशा गरिएकाे जुडोमा पनि नेपाल पदकविहीन !
अाशा गरिएकाे जुडोमा पनि नेपाल पदकविहीन !
देउवाले बोलाए मन्त्रीपरिषद् बैठक, साढे ३ बजे बस्ने
देउवाले बोलाए मन्त्रीपरिषद् बैठक, साढे ३ बजे बस्ने
त्रियुगा नगरपालीका क्षेत्रका सरकारी जग्गामा अतिक्रमण झन तिब्र
त्रियुगा नगरपालीका क्षेत्रका सरकारी जग्गामा अतिक्रमण झन तिब्र
काेराेना भाइरस : जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी
काेराेना भाइरस : जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी
फ्रिज प्रयोगविहीन : प्रहरीकर्मचारी बेवारिसे शव कुर्न बाध्य
फ्रिज प्रयोगविहीन : प्रहरीकर्मचारी बेवारिसे शव कुर्न बाध्य
झण्डै ४ अर्बको हकप्रद सेयर खुल्दै, कुन कम्पनीको कति (सूचीसहित) ?
झण्डै ४ अर्बको हकप्रद सेयर खुल्दै, कुन कम्पनीको कति (सूचीसहित) ?

तपाईंले छुटाउनुभयो कि?