जनप्रतिनिधि शासक बन्दैछन्ः बस्नेत

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १४, २०७४
|
|
५१ पटक हेरिएको
Shares
जनप्रतिनिधि शासक बन्दैछन्ः बस्नेत

सारांश

  • भक्तपुर, १४ फागुन ,नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले जनताको मत पाएर आएका स्थानीय तहका जनप्रतिनिधि शासकका रुपमा प्रस्तुत हुन थालेको बताउनुभएको छ ।
  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज आयोजना गरेको ‘वर्तमान परिपे्रक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबीच सहकार्यका अवसर र चुनौती’ विषयको कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य बस्नेतले जनप्रतिनिधिमा दम्भ र घमण्ड मौलाउँदै गएको बताउँदै भन्नुभयो, “ पछिल्लो समयमा हामी जनताको प्रतिनिधि हो भन्ने भुलेर हामी शासक हौँ कि भन्ने दम्भ र घमण्ड जनप्रतिनिधिमा बढ्दै गएको छ, यसले विकासमा बाधा पु¥याउँछ ।
  • ” जनप्रतिनिधिले चार किल्ला प्रमाणित र भूमिसुधारको काम गरेर दैनिक समय बिताउँदै आएको टिप्पणी गर्दै उहाँले रातो कलमले सही गर्न मात्रै जनप्रतिनिधि नभएकाले विकास निर्माण र अन्य काममा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर, १४ फागुन ,नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले जनताको मत पाएर आएका स्थानीय तहका जनप्रतिनिधि शासकका रुपमा प्रस्तुत हुन थालेको बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज आयोजना गरेको ‘वर्तमान परिपे्रक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबीच सहकार्यका अवसर र चुनौती’ विषयको कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य बस्नेतले जनप्रतिनिधिमा दम्भ र घमण्ड मौलाउँदै गएको बताउँदै भन्नुभयो, “ पछिल्लो समयमा हामी जनताको प्रतिनिधि हो भन्ने भुलेर हामी शासक हौँ कि भन्ने दम्भ र घमण्ड जनप्रतिनिधिमा बढ्दै गएको छ, यसले विकासमा बाधा पु¥याउँछ ।”

जनप्रतिनिधिले चार किल्ला प्रमाणित र भूमिसुधारको काम गरेर दैनिक समय बिताउँदै आएको टिप्पणी गर्दै उहाँले रातो कलमले सही गर्न मात्रै जनप्रतिनिधि नभएकाले विकास निर्माण र अन्य काममा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर, सहायक प्रजिअ जयकुमार घिमिरे, नगरपालिकाका उपप्रमुखहरु सूर्यविनायककी जुना बस्नेत र चाँगुनारायणकी वीणा बास्तोलालगायतले स्थानीय तहको विकास र प्रगतिका लागि नागरिक समाज र जनप्रतिनिधि मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Gb Chettri

    नेता हो तिमिहरु साशक होइनौ सेवक हौ जन्ताका याद राख।

    Comment Author

    Phul Prashad Sharma

    Pratinidhi ta bhaye, tara kaam kasto garchhan tyo ta vawishya le bataaula.

    Comment Author

    उत्तम घिमिरे

    यस्तै हाे साथि ,
    डनहरु नेता, नेताहरु शाशक, शाशकहरु ईदिअमिन/हिटलर/ट्रम्प/अाे… । प्रगति भनेकै त्यहि हाे ।
    जनता सधैं लिस्नाे ! 😀

    Comment Author

    Rajkumar Chauhan

    100% सहि

    Comment Author

    ईलक तामाङ ग्याबा

    सही कुरो, हिजो सामन्त का बिरुद्ध लड्नेहरू नव सामन्ती र शासक का बिरुद्ध लड्नेहरू नव शोषकका रुपमा देखा पर्दैछन्। कस्तो बिडम्बना!!

    Comment Author

    Jay Gorkhali Nirman Sewa

    naba panche…

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?