एआईजीहरु र सचिवको बैंक खाता र लकर रोक्का….

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २, २०७३
|
|
२८६ पटक हेरिएको
Shares
एआईजीहरु र सचिवको बैंक खाता र लकर रोक्का….

सारांश

  • काठमाडौं, १ मंसिर ।
  • लोकमानसिंह कार्की निलम्बनमा परेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च पदस्थ व्यक्तिहरुमाथि छानबिन जारी राखेको छ ।
  • निमित्त प्रमुख आयुक्त बनेका दीप बस्नेतले उच्च पदस्थ कर्मचारीहरुको अकुत सम्पतीमाथि छानबिन गरेको छ ।

काठमाडौं, १ मंसिर । लोकमानसिंह कार्की निलम्बनमा परेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च पदस्थ व्यक्तिहरुमाथि छानबिन जारी राखेको छ । निमित्त प्रमुख आयुक्त बनेका दीप बस्नेतले उच्च पदस्थ कर्मचारीहरुको अकुत सम्पतीमाथि छानबिन गरेको छ । आयोगले नेपाल ट्रष्टको कार्यालयमा रहेका सचिव अर्जुनबहादुर कार्की, सिंचाई मन्त्रालयका सचिव गजेन्द्र ठाकुरमाथि छानबिनलाई तिव्रता दिएको छ । दुवै जना भ्रष्ट सचिवका रुपमा चिनिन्छन् । कार्की भूकम्पपीडितलाई त्रिपाल खरिद काण्डमा मुछिएका व्यक्ति हुन् । त्यस्तै निजामती प्रशासनमा अर्बपतिका रुप्मा चिनिने आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मामाथि पनि छानबिन सुरु भएको छ । त्यस्तै भन्सार विभागका महानिर्देशक शिशिर ढुङगाना, कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवाली पनि छानबिन तानिएका छन् । त्यस्तै नेपाल प्रहरीका एआइजी विरेन्द्रवावु श्रेष्ठ र प्रतापसिंह थापामाथि समेत छानबिन सुरु भएको छ । उनीहरु सबैको बैंक खाता र तथा लकर रोक्का राख्न आयोगले राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

श्रोत: द्रीस्टी साप्तहिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?