पाँचखाल महोत्सवको छैटौ दिन पनि उत्तिकै भीड

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ६, २०७६
|
|
३६ पटक हेरिएको
Shares
पाँचखाल महोत्सवको छैटौ दिन पनि उत्तिकै भीड

सारांश

  • पाँचखाल युनाइटेड फुटबल एशोसिएसनको आयोजनामा भइरहेको दोस्रो पाँचखाल महोत्सवले काभ्रेको पाँचखाल नगरपालिकाको माहोल तातिएको छ ।
  • स्थानीयको उत्साहजनक सहभागिताका साथ आयोजना भइरहेको महोत्सवले पाँचखालको प्रचारप्रसार र प्रवद्र्धनमा सहयोग पुगेको स्थानीयले बताएका छन् ।
  • पाँचखालको स्थानीय कृषि उत्पादनको प्रवद्र्धन र पाँचखालमा रहेको कलासंस्कृतिको प्रचारप्रसार र जगेर्ना गर्नका लागि महोत्सवको आयोजना गरिएको विद्यार्थी नेता सुदिप सापकोटाको भनाई छ ।

पाँचखाल युनाइटेड फुटबल एशोसिएसनको आयोजनामा भइरहेको दोस्रो पाँचखाल महोत्सवले काभ्रेको पाँचखाल नगरपालिकाको माहोल तातिएको छ । स्थानीयको उत्साहजनक सहभागिताका साथ आयोजना भइरहेको महोत्सवले पाँचखालको प्रचारप्रसार र प्रवद्र्धनमा सहयोग पुगेको स्थानीयले बताएका छन् ।

पाँचखालको स्थानीय कृषि उत्पादनको प्रवद्र्धन र पाँचखालमा रहेको कलासंस्कृतिको प्रचारप्रसार र जगेर्ना गर्नका लागि महोत्सवको आयोजना गरिएको विद्यार्थी नेता सुदिप सापकोटाको भनाई छ । महोत्सवको सुरु भएको छैटौ दिनसम्म आइपुग्दा महोत्सवका सहभागिताको संख्या उल्लेखनीयरुपमा बढिरहेको छ । महोत्सवका सहभागिले स्थानीय उत्पादन, मौलिक संस्कृति र पर्यटकीय स्थलहरुमा रुची देखाइरहेको पुफाका अध्यक्ष मिलन श्रेष्ठ र सचिव जीवन नेपालले बताए ।

महोत्सवमा एक सय भन्दा धेरै स्टल राखिएका छन् । असोज २९ गते देखि शुरु भएको महोत्सव कार्तिक ९ गते शनिबारसम्म चल्नेछ । ब्यबस्थापन चुस्त दुरुस्त रहेको यस महोत्सवको निम्ति सयौँ स्वयम्सेवक बाउन्सरको टिमले कलाकार साथै पाँचखाल महोत्सव लाई सुरक्षा दिइरहेको आयोजक अतिथि सत्कार तथा जलपान उपसमिति ज्ञानु दनुवार साथै इमर्जेन्सी विभाग प्रमुख सहकोषादयक्ष पुफाका गणेश प्रसाद काफ्लेले जानकारी दिए । फोटो विकल केसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?