जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगबिहीन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
२८ पटक हेरिएको
Shares
जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगबिहीन

सारांश

  • पर्वत।
  • आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन्।
  • अस्पतालमा पाँच शय्या आकस्मिक कक्ष (आइसीयू) र सातवटा भेन्टिलेटर रहेका छन्।

पर्वत। आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन्। अस्पतालमा पाँच शय्या आकस्मिक कक्ष (आइसीयू) र सातवटा भेन्टिलेटर रहेका छन्। तर भेन्टिलेटर आवश्यक परेका बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउँदैनन्। कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन नसकेका हुन्।

गण्डकी प्रदेश सरकारले दिएको रु एक करोड ६९ लाखको लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो। यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट समेत आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ। तर ती भेन्टिलेटरमा अहिलेसम्म एक जना बिरामीको उपचार गर्न पाइएको छैन।

तीन वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू निर्माण गरिएको थियो। तीन जना डाक्टर र तीन नर्सले भेन्टिलेटर सञ्चालनका लागि पोखराबाट यसको तालिम पनि गरेर आए तर उनीहरूले सिकेको भेन्टिलेटर सीप पनि प्रयोगमा आउनै नपाएको हो।

पन्ध्र शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको पर्वत अस्पताल पुरानो संरचनाबाट नयाँ संरचनामा सारिएको छ। सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो। त्यो क्रममा जडान भएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा सुरक्षित तरिकाले थन्क्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिणा अधिकारीले बताइन्।

भेन्टिलेटर सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति नभएकै कारण आइसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको डा अधिकारीले बताइन्। एउटा भेन्टिलेटर चलाउन त्यो फाँटको एक जना छुट्टै चिकित्सक, एक एनेस्थेसियालोजिस्ट, एक स्टाफ नर्स र एक कार्यालय सहयोगीको आवश्यकता पर्ने उनको भनाइ छ ।

सातवटा भेन्टिलेटर चलाउन २८ देखि ३० जनासम्म जनशक्ति आवश्यक हुने भए पनि एक जना पनि नहुँदा समस्या भएको उनले बताइन्। अहिले २४ जना नर्सले सिङ्गो अस्पताल चलाउनुपरेको डा अधिकारीले बताइन्। “पहिले त यसलाई ५० शय्या क्षमताको अस्पतालका रूपमा सरकारले स्वीकृति दिनुपर्छ, त्यही हिसाबको कन्सल्टेन्ट आउनुहुन्छ । पन्ध्र शय्या अनुमति भएको अवस्थामा यो सञ्चालन गर्न सकिँदैन”, उनले भने।

कोभिड–१९ को सङ्क्रमण चरम अवस्थामा रहेका बेला जिल्लावासीले भेन्टिलेटर खोज्दै पोखरा पुग्न नपरोस् भनेर सहयोगीले पनि तत्कालै सहयोग गरेका थिए। झन्डै रु पाँच करोडभन्दा बढी मूल्यका ती सामग्री थन्क्याएर राखेको भए पनि बेला–बेलामा परीक्षण र मर्मत भने गर्ने गरिएको उनले बताइन्।

स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारका चिकित्सक पठाइदिए वा प्रदेशले विज्ञापन नै खुलाएर जनशक्ति पठाएको अवस्थामा मात्रै भेन्टिलेटर सञ्चालन गर्न सकिने निमित्त मेसु डा अधिकारी बताइन्। अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले यसबारेमा प्रदेश सरकारमा पटक–पटक कुरा गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताइन्। राज्यको लगानी सही ठाउँमा नहुँदा महँगा सामग्री प्रयोगविहीन भएको र जनताले त्यो सुविधा पनि पाउन नसकेको उनको भनाइ छ।

अस्पतालमा रहेका स्रोत र साधनलाई प्रयोगमा ल्याउन सक्ने जनशक्ति सरकारले दिए यो क्षेत्रका बासिन्दा पोखरा, काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ। “हामीसँग स्रोत भएर के गर्नु ? प्रदेश सरकारले आफ्नो सर्भे सकेर सबैभन्दा पहिले ५० शय्या क्षमताको अस्पतालको अनुमति अझै दिएको छैन। यहाँका भेन्टिलेटर सञ्चालन गर्ने हो भने मुस्ताङदेखिका बिरामीले पर्वत अस्पतालमै सेवा पाउने थिए तर प्रदेशले यो किन देखिरहेको छैन ?”

पर्वत हुँदै पोखरा जानुपर्ने भएकाले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका नागरिकलाई सेवा दिने गरी यसलाई ट्रमा सेन्टरका रूपमा विकास गर्न सक्ने हो भने यो क्षेत्रका बासिन्दाले गुणस्तरीय स्वास्थ्य पाउने उनले बताइन्।

भेन्टिलेटर प्राप्त गर्ने र जडान गर्ने बेला अस्पताल विकास समितिको अध्यक्ष रहेका गोविन्द पहाडीले सरकारले जनशक्ति नदिएकै कारण अस्पतालले समस्या भोगिरहेको बताए। पहाडीका अनुसार बच्चाका लागि समेत ‘चाइल्ड आइसीयू’ बनाउन ‘पेड्रियाट्रिक वार्ड’ को निर्माण गर्ने भनेर सरकारले दिएको दुई करोडबाट सामग्री किनिएका थिए। त्यही बेला लायन्स क्लबले समेत भेन्टिलेटर दिए भने थप सामग्री अस्पताल आफैँले किनेको थियो। “सबै भयो जनशक्ति भएनन्, यहाँको निजी स्रोतबाट जनशक्ति राख्दा एक महिना त पालिएला, दोस्रो महिनाबाट तलब कसरी खुवाउने ?”, उनले भने ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाको कहरः विश्वभर ६ लाख ७० हजार बढीले ज्यान गुमाए
कोरोनाको कहरः विश्वभर ६ लाख ७० हजार बढीले ज्यान गुमाए
महरा प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान, घटनास्थलबाट रक्सीको बोतल, कपडा लगायतका सामग्री बरामद
प्रचारप्रसार अभावमा ओझेलमा परेको पर्यटकीयस्थल ‘टापुधाम’
प्रचारप्रसार अभावमा ओझेलमा परेको पर्यटकीयस्थल ‘टापुधाम’
सहायक हवल्दारको शंकास्पद मृत्यु, सुसाइट नोट समेत फेला पर्यो
सहायक हवल्दारको शंकास्पद मृत्यु, सुसाइट नोट समेत फेला पर्यो
राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित
राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित
जुम्लामा नुन डिपोमा तोडफोड
जुम्लामा नुन डिपोमा तोडफोड
सडक कालोपत्र गर्न अलपत्र छाडेर उपकरणसहित हिँड्यो ठेकेदार
सडक कालोपत्र गर्न अलपत्र छाडेर उपकरणसहित हिँड्यो ठेकेदार
आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग
आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
तारागाउँको डेढ सय रोपनी जग्गा फिर्ता ल्याउँदै मन्त्री प्रेम आले
तारागाउँको डेढ सय रोपनी जग्गा फिर्ता ल्याउँदै मन्त्री प्रेम आले

तपाईंले छुटाउनुभयो कि?