आज भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै, सुरक्षा व्यवस्था कडा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
४४ पटक हेरिएको
Shares
आज भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै, सुरक्षा व्यवस्था कडा

सारांश

  • काठमाडौँ, २८ वैशाख- प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आजदेखि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदैछन् ।
  • बिहान सवा १० बजे मोदी सिधै जनकपुर आइपुग्ने कार्यक्रम छ ।
  • त्यसपछि उनी काठमाडौं आउनेछन् ।

काठमाडौँ, २८ वैशाख- प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आजदेखि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदैछन् । बिहान सवा १० बजे मोदी सिधै जनकपुर आइपुग्ने कार्यक्रम छ । त्यसपछि उनी काठमाडौं आउनेछन् ।
मोदीको आगमनमा जनकपुर र काठमाडौंको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री ओलीको गत महिना सम्पन्न भारतको राजकीय भ्रमणको प्रत्युत्तर भ्रमणका रुपमा पनि प्रधानमन्त्री मोदीको भ्रमणलाई लिइएको छ ।

राजनीतिक तहमा हुने यस्ता उच्चस्तरीय भ्रमणले एकअर्काका पीरमर्का र विकासका आकांक्षा बुझ्न मद्दत मात्र पुग्दैन बदलिँदो विश्व परिवेशमा मतैक्यताका साथ क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा सहकार्य गर्न सघाउँछ ।

प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको पूर्वसन्ध्यामा ‘ट्विट्’ समेत गरेका छन् । नेपाल र भारतको परम्परागत सम्बन्धलाई नयाँ चरणमा प्रस्तुत गर्न खोजेका छन् । मोदीले ट्विटमा भनेका छन्, “लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्न तथा आर्थिक समृद्धि हासिल गर्ने नयाँ युगमा प्रवेश गरेको नेपाललाई अटल साझेदारका रुपमा भारत प्रस्तुत हुन चाहन्छ” नेपाल सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माणको परिकल्पना साकार पार्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुठी पक्षधरको माइतीघरबाट सरकारलाई खबरदारी, विधेयक फेरि ल्याउन पाइँदैन
गुठी पक्षधरको माइतीघरबाट सरकारलाई खबरदारी, विधेयक फेरि ल्याउन पाइँदैन
कृषि पेशालाई सम्मानित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल
कृषि पेशालाई सम्मानित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल
म्याग्दीको जलेश्वरमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
म्याग्दीको जलेश्वरमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
कांग्रेसका तीन नेता देश दाैडाहामा
कांग्रेसका तीन नेता देश दाैडाहामा
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
डाक्टर श्रीमानको कुटाईबाट घाइते भएकी पत्नीको मृत्यु
डाक्टर श्रीमानको कुटाईबाट घाइते भएकी पत्नीको मृत्यु
धान उत्पादनमा कमी हुँदा किसान चिन्तित
धान उत्पादनमा कमी हुँदा किसान चिन्तित
ओलीलाई प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गरेपछि आत्तिए प्रचण्ड
ओलीलाई प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गरेपछि आत्तिए प्रचण्ड
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल वायुसेवा निगम
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल वायुसेवा निगम