अमेरिकामा एक नेपालीको गोली हानी हत्या (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
५० पटक हेरिएको
Shares
अमेरिकामा एक नेपालीको गोली हानी हत्या (भिडियोसहित)

सारांश

  • एजेन्सी, माघ ८ ।
  • अमेरिकाको ड्यालसस्थित गारल्याण्डमा रहेको ग्यास स्टेसनमा काम गर्ने एक नेपालीको हत्या भएको छ।
  • उक्त स्टेशनमा गत शतिबार भएको लुटपाटमा मनीष पाण्डेको गोली हानी हत्या भएको अमेरीकि संचारमाध्यमले जनाएको छ ।

एजेन्सी, माघ ८ । अमेरिकाको ड्यालसस्थित गारल्याण्डमा रहेको ग्यास स्टेसनमा काम गर्ने एक नेपालीको हत्या भएको छ। उक्त स्टेशनमा गत शतिबार भएको लुटपाटमा मनीष पाण्डेको गोली हानी हत्या भएको अमेरीकि संचारमाध्यमले जनाएको छ ।

ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्यास स्टेसनमा शनिबार राति भएको लुटपाटमा उनको हत्या भएको गर्ल्यान्ड प्रहरीले जनाएको छ। उक्त ग्यास स्टेशनका मालिक कृष्ण पन्त हुन् । पन्त पाण्डेका मामा हुन् ।

ग्यास स्टेशनमा लुटपाटको क्रममा प्रतिकार गर्न खोज्दा पाण्डेलाई आक्रमणकारीले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

गारल्याण्ड प्रहरीलाई उधृत गर्दै स्थानीय सिबिएस डिएफडब्लुले अनलाइनले जनाए अनुसार शनिबार मध्यरातमा दुई व्यक्ति पसेर लुट्न खोजेपछि प्रतिरक्षाको क्रममा उनको हत्या भएको थियो । भिडियोमा देखिए अनुसार दुबै कालो वर्णका थिए ।

प्रतिरक्षा गर्ने क्रममा दुई लुटेराले गोली हानेर हत्या गरेको भिडियो देखिएको उक्त अनलाइनले जनाएको छ । सप्ताहन्त भएकोले राति १२ बजे स्टोर बन्द गर्ने गरिएको थियो । बन्द गर्नुभन्दा केही समय अघिमात्र उक्त घटना भएको हो ।

ड्यालसमा प्रतिष्ठित व्यबसायीका रूपमा परिचित पाण्डेले उक्त ग्यास स्टेशन सन् २०११ देखि सञ्चालन गर्दै आएका थिए । मृतककी पत्नी गर्भवती छिन् ।

ग्यास स्टेशनमा कार्यरत रहेकै अवस्थामा दुई वर्ष अघि टेक्ससकै डेन्टनमा नेपाली समिरा शिवाकोटीको हत्या भएको थियो । पछिल्लो समयमा ड्यालस र वरपर ग्याँस स्टोरमा लुटपाट बढ्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अाफुले  नियुक्ति गरेका प्रदेश प्रमुख बचाउन नेपाली काँग्रेस अदालत जाने तयारी
अाफुले नियुक्ति गरेका प्रदेश प्रमुख बचाउन नेपाली काँग्रेस अदालत जाने तयारी
१३ औँ सागमा आज १५ स्वर्ण पदक जिताउनेहरु
१३ औँ सागमा आज १५ स्वर्ण पदक जिताउनेहरु
सबैकाम स्थानीय तहबाटै
सबैकाम स्थानीय तहबाटै
मुलुकी देवानी र फौजदारी संहिताबारे मोहनविक्रम सिंहका १० सुझाव
मुलुकी देवानी र फौजदारी संहिताबारे मोहनविक्रम सिंहका १० सुझाव
आवासविहीनहरुको व्यवस्थापन गर्न ऐन निर्माण गर्दै शहरी विकास मन्त्रालय
आवासविहीनहरुको व्यवस्थापन गर्न ऐन निर्माण गर्दै शहरी विकास मन्त्रालय
उपकुलपति प्रकरण: अनुमति नलिई जान लागेकाले रोक्यौँ: गृहमन्त्री
उपकुलपति प्रकरण: अनुमति नलिई जान लागेकाले रोक्यौँ: गृहमन्त्री
कास्कीबाट निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव
कास्कीबाट निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव
चर्चित व्यक्तिको विवरण पनि गोप्य नहुने
चर्चित व्यक्तिको विवरण पनि गोप्य नहुने
जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने