एनआरएन युरोप सहसंयोजकमा उम्मेदवारी दिने केसीको घोषणा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
५० पटक हेरिएको
Shares
एनआरएन युरोप सहसंयोजकमा उम्मेदवारी दिने केसीको घोषणा

सारांश

  • पोर्चुगल ।
  • गैर आवासीय नेपाली संघ एनआरएनको यही अक्टोबर १४–१६ मा हुन गइरहेको आठौं विश्व सम्मेलनमा पोर्चुगलबाट भीम केसी (कमल)ले युरोप सह–संयोजकमा आफनो उम्मेदवारी घोषणा गर्ने जनाएका छन् ।
  • पोर्चुगल एनआरएनको छैठौँ अधिवेशनको बन्द सत्रले केसीको उम्मेदवारीलाई सर्वसम्मत गर्दै आगामी नेतृत्वको लागि चयन गरेको हो ।

पोर्चुगल । गैर आवासीय नेपाली संघ एनआरएनको यही अक्टोबर १४–१६ मा हुन गइरहेको आठौं विश्व सम्मेलनमा पोर्चुगलबाट भीम केसी (कमल)ले युरोप सह–संयोजकमा आफनो उम्मेदवारी घोषणा गर्ने जनाएका छन् । पोर्चुगल एनआरएनको छैठौँ अधिवेशनको बन्द सत्रले केसीको उम्मेदवारीलाई सर्वसम्मत गर्दै आगामी नेतृत्वको लागि चयन गरेको हो ।

बागलुङ्गको जैमुनी नगरपालिका २, दमेकका स्थायी बासिन्दा केसी एकदशकदेखि सपरिवार पोर्चुगल बस्दै आएका छन् । पोर्चुगलमा सामाजिक क्षेत्रमा हात हाल्दै व्यापार व्यवसायमा संलग्न केसीको मनि ट्रान्सफर एण्ड टुरिजम र नेपाली ह्याण्डीक्राफ्ट निर्यात कम्पनी सुरु गरिसकेका छन् । नर्वेबाट विशेष शिक्षा शास्त्रमा पोष्ट ग्राजुएट गरेका केसीले त्रिभुवन विश्वविद्यालबाट काुननमा बिएल, लेखामा बीबीएस र शिक्षामा एमएड गरिसकेका छन् ।

एनआरएनमा लामो अनुभव रहेका केसीले सन् २००९–११ मा पोर्चुगल एनआरएनको उपाध्यक्ष, सन् २०११–१३ मा अन्तरराष्ट्रीय समन्वय समितिको मिडिया टाश्कफोर्स सदस्य र सन् २०१३–१५ मा पोर्चुगल एनआरएनको सल्लाहकार हुँदै २०१५-१७ को कार्यकाल अध्यक्षको रुपमा सफलतापुर्बक पुरा गरेका छन् ।

नेपाल रहँदा बाग्लुङ्गको एक माध्यामिक विद्यालयमा अध्यापन एवम् नेपाल सरकारको शिक्षा मन्त्रालयमा काम गरेका केसी माओवादी द्वन्द्वकालमा विदेशिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैरहवामा सवारी दुर्घटना, एकको मृत्यु, दुई घाइते
भैरहवामा सवारी दुर्घटना, एकको मृत्यु, दुई घाइते
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
सप्तरी को कडोरोवा चोकबाट उदयपुरका युवाहरु पक्राउ
सप्तरी को कडोरोवा चोकबाट उदयपुरका युवाहरु पक्राउ
सरकारले राम्रा कामको सुरुआत गरेको छ : सञ्चारमन्त्री
सरकारले राम्रा कामको सुरुआत गरेको छ : सञ्चारमन्त्री
हरिबोल भट्टराईको प्रकाशमान सिंहलाई मैदानमा आउन चेतावनी
हरिबोल भट्टराईको प्रकाशमान सिंहलाई मैदानमा आउन चेतावनी
यी हुन सुन काण्डमा पक्राउ परेकाहरु: एसपी, डिएसपी नाम सहित
यी हुन सुन काण्डमा पक्राउ परेकाहरु: एसपी, डिएसपी नाम सहित
बालुवाटार जग्गा प्रकरणमा दोषी जोगाउन चलखेल !
बालुवाटार जग्गा प्रकरणमा दोषी जोगाउन चलखेल !
कहाँ हरायो मानवअधिकार आयोगको ३ अर्ब ४० करोड!
कहाँ हरायो मानवअधिकार आयोगको ३ अर्ब ४० करोड!
आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने
आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो