जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
१
|
५७ पटक हेरिएको
Shares
जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल

सारांश

  • काठमाडौँ, २२ साउन ।
  • कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई पनि नछाडिने र उनीहरुलाई कानुनी दायरामा ल्याएरै छाडिने दृढता व्यक्त गर्नुभएको छ।
  •  मन्त्री खनालले भन्नुभयो, “समय गुज्रेको, सडेगलेको तथा खान नमिल्ने खाद्य सामग्री बेचविखन गर्ने, उत्पादन गर्ने जोकोहीलाई पनि कालो सूचीमा राख्नुस् ।

काठमाडौँ, २२ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई पनि नछाडिने र उनीहरुलाई कानुनी दायरामा ल्याएरै छाडिने दृढता व्यक्त गर्नुभएको छ। मन्त्री खनालले भन्नुभयो, “समय गुज्रेको, सडेगलेको तथा खान नमिल्ने खाद्य सामग्री बेचविखन गर्ने, उत्पादन गर्ने जोकोहीलाई पनि कालो सूचीमा राख्नुस् । त्यसको जिम्मा म लिन्छु ।” खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तेस्रो चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री खनालले जनस्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै त्यहीअनुसार कडा कदम चाल्न विभागलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । मातहतका संयन्त्र राम्रोसँग चलेनन् भने परिणाम ननिस्कने भन्दै मन्त्री खनालले आफूसँग भएको सम्पूर्ण संयन्त्र परिचालन गर्नसमेत निर्देशन दिनुभयो । जनस्वास्थ्यका लागि विभागको ठूलो दायित्व रहेको भन्दै खनालले अहिले त्यो पूरा हुन नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

‘विभागको निक्कै ठूलो जिम्मेवारी छ, अहिले त्यो पूरा भएको छैन, मन्त्री खनालले भन्नुभयो, “अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा हामीले गर्ने काम पुग्दो छ कि छैन ? तपाईहरु आ–आफ्ना छोराछोरी सम्झेर काम गर्नुस्, समीक्षा आफै गर्नुस् ।” विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले पटकपटक अनुगमन गरेर सुधार गर्न निर्देशन दिँदा पनि सुधार नगर्ने उद्योगलाई कारवाही गरिने स्पष्ट पार्नुभयो । विभागले अनुगमनलाई तीव्र बनाएको तर स्रोत, साधन र जनशक्ति प्रर्याप्त नभएको महानिर्देशक कर्णको भनाइ थियो । विभागका अनुसार गत आर्थिक वर्षमा देशभरीबाट दुई हजार ८१३ वटा नमूना संकलन गरी परीक्षण गर्दा ३५४ वटा न्यून गुणस्तरका पाइएको थियो । त्यसमध्ये खाद्य समूहमा सबैभन्दा बढी १४० वटा न्यून गुणस्तरको पाइएको छ । जसमध्ये दूध तथा दुग्ध पदार्थ ७२, प्रशोधित पिउने पानी २६, गुलियो पदार्थ १७, तेल तथा घीउजन्य पदार्थ ११ न्यून गुणस्तरको पाइएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pitambar Adhikari

    सुन्दा सुन्दा कान थाकिसक्याे, अाँखालाई पनि पालाे दिए पाे !!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिसस निर्वाचनमा सत्तारुढ दलबीच चुनावी तालमेल
जिसस निर्वाचनमा सत्तारुढ दलबीच चुनावी तालमेल
बूढानीलकण्ठको होटलमा गोरेको ‘सत्कार’, प्रहरीका उच्च अधिकारीसँग ‘गोप्य भेट’ !
बूढानीलकण्ठको होटलमा गोरेको ‘सत्कार’, प्रहरीका उच्च अधिकारीसँग ‘गोप्य भेट’ !
रुपन्देही अजिङ्गरका लागि उचित बासस्थान बन्दै
रुपन्देही अजिङ्गरका लागि उचित बासस्थान बन्दै
Unlocking the Full Potential of Driver Booster 11 Pro with a Crack Download Guide
आजदेखि विराटनगरबाट पनि स्वाब परीक्षण
आजदेखि विराटनगरबाट पनि स्वाब परीक्षण
लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’
लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’
राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथमा क्षमासहित विशेष पूजा
राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथमा क्षमासहित विशेष पूजा
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
प्रचण्डलाई ओलीको फोन, मिलेर सरकार बनाउने प्रस्ताव
प्रचण्डलाई ओलीको फोन, मिलेर सरकार बनाउने प्रस्ताव
भोली र पर्सी अलपत्र र बेरोजगारलाई काठमाडौँ बाहिर पठाउने निर्णय फिर्ता
भोली र पर्सी अलपत्र र बेरोजगारलाई काठमाडौँ बाहिर पठाउने निर्णय फिर्ता