साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
सारांश
- ‘मनसुन अगावै ६० प्रतिशत घर बनाउने र नीजी आवासमा पीडितहरुलाई सार्छौं’ काठमाडौं, १३ पुस ।
- राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी आर्थिक वर्ष ०७५÷७६ को लागि पैसाको अभाव हुने भएकोले अन्र्तराष्ट्रिय दाता सम्मेलनको आयोजना गर्ने बताएका छन् ।
- बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिईओ भुसालले पूर्ननिर्माणको लागि यो आर्थिक वर्षसम्म रकमको कुनै अभाव नहुने भएपनि अर्को वर्षको लागि झण्डै साँढे तीन खर्ब पैसा चाहिने भएकोले दाता सम्मेलनको आन्तरिक गृहकार्यमा प्राधिकरण जुटिरहेको जानकारी दिए ।
‘मनसुन अगावै ६० प्रतिशत घर बनाउने र नीजी आवासमा पीडितहरुलाई सार्छौं’
काठमाडौं, १३ पुस । राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी आर्थिक वर्ष ०७५÷७६ को लागि पैसाको अभाव हुने भएकोले अन्र्तराष्ट्रिय दाता सम्मेलनको आयोजना गर्ने बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिईओ भुसालले पूर्ननिर्माणको लागि यो आर्थिक वर्षसम्म रकमको कुनै अभाव नहुने भएपनि अर्को वर्षको लागि झण्डै साँढे तीन खर्ब पैसा चाहिने भएकोले दाता सम्मेलनको आन्तरिक गृहकार्यमा प्राधिकरण जुटिरहेको जानकारी दिए । उनले भने,‘०७५ को असारसम्म सम्मेलन हुन्छ, हामी आन्तरिक गृहकार्यमा जुटिरहेका छौं, दाता सम्मेलनको आयोजना गर्नेबारे हाम्रो सोच बनिसकेको छ।’रिपोर्तेर्स नेपाल बाट
प्रतिक्रिया