किन ल्याइन्छ विदेशबाट अर्बौंको बोसो ? बोसो प्रयोगको असर थाहा पाउनुस्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १३, २०७३
|
|
४४९ पटक हेरिएको
Shares
किन ल्याइन्छ विदेशबाट अर्बौंको बोसो ? बोसो प्रयोगको असर थाहा पाउनुस्

सारांश

  • नोपालमा छ महिनायता मात्र करिब एक अर्ब रुपैयाँको बोसो आयात भएको छ ।
  • साबुन, कस्मेटिक, दानाउत्पादक, उद्योगले कच्चा पदार्थको रुपमा पशुको बोसो विदेशबाट ल्याउने गरेका छन् ।
  •  यस तथ्यांकले हरेक बस्तुमा विदेशी उत्पादनको भर परिरहेको अवस्था झल्काउँछ ।

नोपालमा छ महिनायता मात्र करिब एक अर्ब रुपैयाँको बोसो आयात भएको छ । साबुन, कस्मेटिक, दानाउत्पादक, उद्योगले कच्चा पदार्थको रुपमा पशुको बोसो विदेशबाट ल्याउने गरेका छन् ।  यस तथ्यांकले हरेक बस्तुमा विदेशी उत्पादनको भर परिरहेको अवस्था झल्काउँछ । यो खबर आजको नागरिकमा छ ।

तथ्यांकअनुसार पछिल्ला तीन बर्षमा बोसोको आयात ४ गुणाभन्दा बढिले वृद्धि भएको छ भने ४ बर्षको तथ्यांक आँकलन गर्दा ३० गुणाभन्दा माथि आयात हुने देखिन्छ ।  २०१६ को जुनसम्म (छ महिनामा) ८१ करोड ८२ लाख रुपैयाँको बोसो आयात भएको व्यापार तथा निकासी प्रवद्धन केन्द्रले जनाएको हो । पशुको बोसो साबुन, कस्मेटिकसहित दाना उद्योगले प्रयोग गर्ने गरेको पशुपक्षी मन्त्रालयले जनाएको छ। आयातको तथ्यांक हेर्दा तीमध्ये धेरै साबुन उद्योगले आयात गरेका छन्।  यहाँ उत्पादन नभएपछि उद्योगीले विदेशबाट आयात गरेका हुन्। दानामा यसलाई इनर्जी भ्यालुका रुपमा प्रयोग गर्ने गरेका छन्।

स्वदेशमा व्यवस्थित बधशाला नहुँदा जनावरको बोसो विदेशबाट आयात भइरहेको पशुपक्षी मन्त्रालयको नीति तथा पशु स्वास्थ्य नियमन महाशाखा सहसचिव डा. केशवप्रसाद प्रेमीले बताए।  उपभोक्ताले हरेक किलो मासु खरिद गर्दा दुई/तीन सय ग्राम बोसो किन्नुपर्ने बाध्यता रहेको उनले बताए। बोसो स्वास्थ्यका लागि हारिकारक भएकाले फाल्नुपर्ने अवस्था छ।  ‘यहाँ ठूला बधशाला नहुँदा मासु काट्दा बोसो छुट्ट्याइँदैन,’ प्रेमीले भने, ‘बोसोलाई छुट्ट्याउन सके बाइप्रोडक्टका रुपमा प्रयोग गर्न सकिन्छ।’  नेपालमा भारत ,अस्ट्रेलिया, न्युजिल्यान्ड, थाइल्यान्डलगायत मुलुकबाट बोसो आयात भइरहेको छ। साबुन उद्योगका लागि बोसो अनिवार्य वस्तु भएको नेपाल नापतौल तथा गुणस्तर विभागले जनाएको छ। ‘साबुनमा बोसो प्रयोग नगरी सुखै छैन,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘बोसोसहित विभिन्न केमिकल प्रयोग गरेर साबुन बनाइन्छ।’ जनावरको बोसो स्वदेशमै उत्पादन गर्न सके मोटो रकम बिदेसिनबाट जोगिने पुडासैनीको तर्क छ।

‘साबुन प्रयोग हुने बोसो जनावरबाटनै तयार गर्ने हो,’ पुडासैनीले भने, ‘स्वदेशमा यसको उत्पादन प्लान्ट नभएकाले विदेशबाट आयात भइरहेको छ।’  पूजा सोप एन्ड हाउसहोल्ड कम्पनी, बाराले पशुको बोसो ल्याएको भेटिएपछि  नारायणी अञ्चल प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो। उक्त बोसो भन्सारबाट ‘एसिड आयल’ शीर्षकमा आयात गरिएको भेटेपछि प्रहरीले  ट्रक नियन्त्रणमा लिएर वस्तुको नमुना केन्›ीय विधिबिज्ञान प्रयोगशाला, काठमाडौंमा परीक्षण गराएकोमा बोसो पुष्टि भएको थियो।  बोसो प्रयोगको असर जनावरबाट निस्किने चिल्लो पदार्थ (एनिमल फ्याट) हो । मानव स्वास्थ्यमा बोसोको प्रयोग अत्यन्तै हानिकारक हुने चिकित्सक बताउँछन् । बोसो खाद्यान्नमा प्रयोग गरिए मान स्वास्थ्यमा चिल्लो पदार्थमध्ये सबैभन्दा बढी जोखिमयुक्त भनेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार त्यसमा पनि लामो समयसम्म जोगाउन (प्रिजरभेटिभ) को प्रयोग गरिएको बोसो कयौं गुणा हानिकारक बन्छ ।  ‘यसै एनिमल फ्याट हानिकारक हुन्छ, त्यसमा पनि त्यसलाई लामो समयसम्म प्रयोगका लागि विभिन्न केमिकल हालेर राख्दा त कल्पनाभन्दा बाहिरको हानिकारक हुन्छ ।’

जानकारका अनुसार यस्ता बोसो विभिन्न खालका घ्यु र रेस्टुरेन्टमा श्वास र चिल्लो एवं अन्य प्रायोजनका लागि ल्याइएका हुन सक्छन् ।  डा.अनिलका अनुसार एनिमल फ्याटको सिधा असर रगतमा चिल्लोको मात्रा वृद्धि भएर रक्तनली साँघुरिने हुन्छ जसका कारण कोलेस्टोरल वृद्धि हुनाले रक्तचाप, मस्तिष्कघात र हृदयघातको जोखिम बढाउँछ ।  चिल्लो पदार्थलाई खासगरी सैचुरेटेड र अन स्याचुरेटेड गरी थुई वर्गमा राखिन्छ । अनस्याचुरेटेडले राम्रो कोलेस्टोरल बढाउँछ। स्याचुरेटेड फ्याटले रगतमा नराम्रो कोलेस्टोरल बढाउँछ । जनावरको बोसोमा यो बढी हुन्छ । स्याचुरेटेड फ्याटले रगतमा नराम्रो कोलेस्टोरल (चिल्लो पदार्थ) बढाउँछ । बोसोको पुनः प्रयोग गर्दा ट्रान्सफ्याटमा परिणत हुन्छ जुन मुटुका लागि निकै हानिकारक मानिन्छ ।

आयात (तथ्यांक) सन् २०१३   : ३ करोड ६८ लाख सन् २०१४   : २४ करोड १६ लाख सन् २०१५   : ६७ करोड ३५ लाख सन् २०१६   : ८१ करोड ८२ लाख (जुनसम्म)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?