पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडक दुईतर्फी खुल्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०७५
|
|
४४ पटक हेरिएको
Shares
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडक दुईतर्फी खुल्यो

सारांश

  • राजेन्द्र आचार्य चितवन, २७ भदौ ।
  • अविरल बर्षापछि अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
  • चितवनको इच्छाकामना ६ स्थित चार किलो भन्ने स्थानमा मंगलबार साँझ खसेको पहिरोले अवरुद्ध आवागमन रातिदेखि एकतर्फी खुला भएको थियो ।

राजेन्द्र आचार्य

चितवन, २७ भदौ । अविरल बर्षापछि अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना ६ स्थित चार किलो भन्ने स्थानमा मंगलबार साँझ खसेको पहिरोले अवरुद्ध आवागमन रातिदेखि एकतर्फी खुला भएको थियो ।

आज बिहान ११ः४५ बजेदेखि भने अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा आएको हो । सोमबार राति झरेको पहिरोको कारणले सडक अवरुद्ध भएको थियो । हिन्दू नारीहरुको महान चाड तीजको दिन सडकखण्ड अवरुद्ध भएकोले अन्य जिल्लाबाट त्यस सडकखण्ड हुँदै दर खान माइत हिडेका महिलाहरु सडकमा रातभर अलपत्र परे भने कतिपय फर्किएका थिए ।

पहिरो खसेलगत्तै नारायणगढ–मुग्लिङ सडक आयोजनाले पहिरो हटाउने काम गरे पनि १८ घण्टापछि मात्र सडकलाई एकतर्फी सुचारु गर्न सफल भएको थियो । मंगलबार दिनभर सडक अवरुद्ध भएपछि माइत जान नपाएका यात्रुहरु आज आआफ्नो गन्तव्यमा लागेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?