नेपाल र युएईको खेल आजका लागि स्थगित

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १८, २०८०
|
|
३८ पटक हेरिएको
Shares
नेपाल र युएईको खेल आजका लागि स्थगित

सारांश

  • काठमाडौँ ।
  • एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।
  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ ।

काठमाडौँ । एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार भोलि हुने खेल आजकै निरन्तरता हुनेछ । अर्थात् आज रोकिएकै ओभरबाट भोलि विहान ९ बजेदेखि खेल सुरु हुनेछ ।

आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन र भोलिसम्मका लागि स्थगित भएको हो ।

खेल रोकिनुअघि युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए । उनले ५४ बल खेल्दै एक छकका र सात चौका प्रहार गरे । त्यस्तै आर्यन लाक्राले १३, मोहम्मद वासिमले ११ र बसिर हमिदले १० बनाए ।

नेपालका लागि ललित राजबंशीले तीन विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुई ÷दुई विकेट लिए । त्यस्तै गुल्शन झा र सोमपाल कामीका नाममा एक ÷एक विकेट रहयो ।

यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा कुवेतसँगको खेल वर्षाको कारण नतिजाविहीन भएपछि नेपाल समूह विजेताका रुपमा फाइनलमा पुगेको हो । साथै युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वन कार्यालयकाे पक्की भवन निर्माण
वन कार्यालयकाे पक्की भवन निर्माण
मुकेश चौरसिया हत्या प्रकरणः छैठौ दिन पनि प्रदर्शन
मुकेश चौरसिया हत्या प्रकरणः छैठौ दिन पनि प्रदर्शन
विप्लवका कार्यकर्ता पक्राउ
विप्लवका कार्यकर्ता पक्राउ
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
डोनाल्ड ट्रम्प र किम जोङ उन को वार्ताका लागि एक करोड ५० लाख अमेरिकी डलर
डोनाल्ड ट्रम्प र किम जोङ उन को वार्ताका लागि एक करोड ५० लाख अमेरिकी डलर
यौन धन्दा गर्दै गर्दा रंगे हात पक्राउ परेका यि नायिका
यौन धन्दा गर्दै गर्दा रंगे हात पक्राउ परेका यि नायिका
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको “लोसार गुथुक साँझ” फागुन १० र ११ गते
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको “लोसार गुथुक साँझ” फागुन १० र ११ गते
दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण फेरि ह्वात्तै बढ्यो, इटलीमा भेनिस कार्निभल छोट्याइयो
दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण फेरि ह्वात्तै बढ्यो, इटलीमा भेनिस कार्निभल छोट्याइयो
द्वन्द्वपीडितका लागि विशेष प्याकेज बनाउँदैछौँ ः मन्त्री केसी
द्वन्द्वपीडितका लागि विशेष प्याकेज बनाउँदैछौँ ः मन्त्री केसी
चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर
चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर