जब प्रधानमन्त्री आर्डर्न आमा बनिन् …
सारांश
- एजेन्सी ।
- न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न आमा बनेकी छिन् ।
- उनले बिहीबार छोरीलाई जन्म दिएपछि सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।
एजेन्सी । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न आमा बनेकी छिन् । उनले बिहीबार छोरीलाई जन्म दिएपछि सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । ३७ वर्षीया प्रधानमन्त्री आर्डर्नले ६ हप्ताका लागि सुत्केरी बिदा लिएकी छन् । बिदा बसेपनि उनले महत्त्वपूर्ण विषयमा मन्त्रिपरिषदको दस्तावेजबारे अध्ययन गर्ने जनाएकी छन् ।
प्रधानमन्त्री पदमा रहँदै गर्दा आमा बनेकी आर्डर्न बन्ने दोस्रो नेतृ हुन् । यसअघि पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टो सन् १९९० मा प्रधानमन्त्री पदमा रहेको समयमा आमा बनेकी थिइन् ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीले ‘आफूलाई निकै भाग्यमानी महसुस भएको’ बताएकी छन् । उनका प्रेमी क्लार्क गेफोर्डले ‘बच्चाको जन्मसँगै आफूहरुलाई निकै भाग्यमानी ठानिरहेको’ बताएका छन्।
न्युजिल्यान्डकी प्रधानमन्त्री आर्डर्नलाई राजधानी अकल्यान्डको एक अस्पतालमा बिहीबार भर्ना गरिएको थियो । उनले छोरी जन्माएपछि सामाजिक सञ्जाल ट्विटर मार्फत अस्पतालका कर्मचारीलाई धन्यवाद समेत दिएकी छन् । प्रधानमन्त्री आर्डर्नले जन्माएको बच्चाको तौल ३।३१ किलोग्राम रहेको बताएकी छन् ।
सबैभन्दा कम उमेरमा गत वर्ष अक्टोबरमा प्रधानमन्त्री बनेकी उनी गर्भवती भएको खुलासा गरेकी थिइन् ।
प्रतिक्रिया