जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०७५
|
|
१९ पटक हेरिएको
Shares
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो

सारांश

  • रियालिलटी ‘सो भ्वाइस अफ नेपाल’ खासमा मनोरञ्जनात्मक र प्रतिभा प्रष्फुटन गर्ने कार्यक्रम हो ।
  • तर आइतबार यहि कार्यक्रम मनोरञ्जात्मक वा प्रतिभा प्रष्फुटन गर्ने कार्यक्रम मात्रै बनेन ।
  • पीडितको पक्षमा आवाज उठाउने एउटा शसक्त माध्यम पनि बन्यो ।

रियालिलटी ‘सो भ्वाइस अफ नेपाल’ खासमा मनोरञ्जनात्मक र प्रतिभा प्रष्फुटन गर्ने कार्यक्रम हो । तर आइतबार यहि कार्यक्रम मनोरञ्जात्मक वा प्रतिभा प्रष्फुटन गर्ने कार्यक्रम मात्रै बनेन । पीडितको पक्षमा आवाज उठाउने एउटा शसक्त माध्यम पनि बन्यो । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको पक्षमा आवाज उठाउने काम गरे भोजपुरका तेजेन्द्र गन्धर्वले ।

भ्वाइज अफ नेपालमा टिम प्रमोदबाट प्रतिष्पर्धा गरिरहेका तेजेन्द्र गन्धर्वले भ्वाइस अफ नेपालको प्लेटफर्मलाई यति शक्तिसाली रुपमा निर्मला पन्तको न्यायको पक्षमा उभ्याए कि उनको गायन प्रस्तुति हेर्दा लाग्थ्यो उनी गीत गाइरहेका छैनन्, हजारौँको भीड जम्मा गरेर निर्मलाको पक्षमा आवाज उठाइरहेका छन् ।

गन्धर्व संगीतमा प्रस्तुत भएका तेजेन्द्रले निर्मलाको बलात्कार पछि हत्या र त्यस पछि सम्पुर्ण घटनाक्रमलाई गीतमा यसरी उने कि कार्यक्रमका कोचमात्रै होइन, त्यहाँ उपस्थित भएका दर्शक समेत स्तव्ध बने । गीतबाटै उनले अपराधी चाँडोभन्दा चाँडो पत्ता लगाउनु पर्ने र हदैसम्मको कारवाहीको दायरामा ल्याउनु पर्ने माग समेत राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?