विश्व समाचार :भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
विश्व समाचार :भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द

सारांश

  • दोङदाङ।
  • उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
  •   उनी सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै छन्।
दोङदाङ। उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। 
उनी सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै छन्। उनको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रहरुमा रेल सेवा बन्द गरिएको छ। 
किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको, ती क्षेत्रलाई सेनाले घेरा हालिरहेको छ। उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम पुग्दै छन्। 
उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम पुग्दै छन्। दोङदाङबाट किमलाई सडक मार्गबाट करिब १७० किलोमिटर मोटरमा राखेर भियतनामको राजधानी हनोई ल्याइनेछ। हनोई यात्राका क्रममा उक्त सडकखण्ड पूरै बन्द गरिनेछ। 
किम शनिबार नै रेल चढेर भियतनामतर्फ लागेका हुन्। उनी चीनको राजधानी बेइजिङ हुँदै रेलमा भियतनाम पुग्नेछन्। भियतनामका अधिकारीहरुले जनाएअनुसार उनी मङ्गलबार बिहानसम्ममा भियतनामको दोङदाङ शहरमा पुग्नु हुनेछन्। 
उनले साढे दुई दिनको यात्रा र करिब ४ हजार किलोमिटर यात्रा गरेर भियतनाम पुग्न लागेका हुन्। उक्त दोङदाङ शहर चीनसँगको सीमा क्षेत्रमा पर्दछ। त्यसैले पछिल्ला केही दिनयता यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाइएको अधिकारीहरुले बताएका छन्। 
उनी भियतनाम सरकारको विशेष सुरक्षासहितको सवारी साधनमा अपरान्ह २ बजे भियतनामको राजधानी हनोई पुग्नुहुने कार्यक्रम रहेको छ। 
दोङदाङ शहरको रेलसेवा सर्वसाधारण नागरिकको लागि बन्द गरिएको दृश्य आफूले देखेको एएफपीका समाचारदाताले जनाएका छन्। उनले आफूले उक्त क्षेत्रमा रेल सेवा बन्द गरिएको र ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको देखेको बताएका छन्। 
साथै उनले तर त्यो रेलसेवा कहिलेसम्मका लागि बन्द हुने भन्ने बारेमा सरकारी अधिकारीहरुले केही नभनेका र सम्भवत मङ्गलबारसम्म बन्द हुन सक्ने पनि बताएका छन्। 
उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोस्रो चरणको उच्चस्तरीय वार्ताका लागि हनोइ जान लागेका हुन्। उनीहरुबीच यो दोस्रो पटक भेटवार्ता हुन लागेको हो। 
हनोइमा यही फेब्रुअरी २७ र २८ मा भेटवार्ता हुनेछ। अमेरिकी राष्ट्रपति ट्रम्प पनि मङ्गलबार नै हनोई पुग्ने कार्यक्रम रहेको छ। 
उहाँहरुबीचको पहिलो बैठक गत वर्षको जुन १२ मा सिंगापुरमा भएको थियो। सिंगापुरपछिको यो निकै चर्चित भेटवार्ता हो। (रासस/एएफपी)

Virus-free. www.avast.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमै बन्यो कोरोनाको औषधी !
नेपालमै बन्यो कोरोनाको औषधी !
जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने
जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने
साउदीमा जेल परेका राईलाई रु ३० लाख आर्थिक सहयोग
साउदीमा जेल परेका राईलाई रु ३० लाख आर्थिक सहयोग
शेयर बजार : दोहोरो अङ्कले घट्यो
शेयर बजार : दोहोरो अङ्कले घट्यो
दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा तयारी
बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज
बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज
युरोकपको नकआउट चरणको समीकरण पूरा
युरोकपको नकआउट चरणको समीकरण पूरा
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउनु पर्छ: रेखा शर्मा
खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउनु पर्छ: रेखा शर्मा
चीनबाट उद्धार गरेर खरिपाटी लैजादै गर्दा जे देखियो
चीनबाट उद्धार गरेर खरिपाटी लैजादै गर्दा जे देखियो

तपाईंले छुटाउनुभयो कि?