कालीगण्डकीमा भक्तजन स्नान गर्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १, २०८०
|
|
३९ पटक हेरिएको
Shares
कालीगण्डकीमा भक्तजन स्नान गर्दै

सारांश

  • रामपुर(पाल्पा) ।
  • वैशाख सङ्क्रान्ति तथा नयाँ वर्षको अवसरमा भक्तजन आज कालीगण्डकीमा स्नान गरिरहेका छन् ।
  • बिहानैदेखि कालीगण्डकीका महत्वपूर्ण तीर्थस्थल तथा घाटमा स्नान गर्ने र पूजाआजा गर्नेको घुइँचो लागेको छ ।

रामपुर(पाल्पा) । वैशाख सङ्क्रान्ति तथा नयाँ वर्षको अवसरमा भक्तजन आज कालीगण्डकीमा स्नान गरिरहेका छन् । बिहानैदेखि कालीगण्डकीका महत्वपूर्ण तीर्थस्थल तथा घाटमा स्नान गर्ने र पूजाआजा गर्नेको घुइँचो लागेको छ ।

कालीगण्डकी नदीको रिडी, राम्दी, भुजात, ज्याग्दी, तातोपानी, रामघाट, केलादी, पुट्टारघाट, बालीघाटलगायतका घाटमा नदी स्नान गर्ने, नदी किनारमा पूजा गर्नेको चहलपहल छ । विगत वर्षमा कोरोना महामारीका कारण उपस्थिति कम रहे पनि यसपटक भने उल्लेख्य सङ्ख्यामा यहाँ स्नान गर्न विभिन्न ठाउँबाट भक्तजन आएका छन् ।

नदीमा स्नान गरेपश्चात् लक्ष्मीनारायण मन्दिरमा पूजापाठ गर्ने व्यवस्था मिलाइएको लक्ष्मीनारायण गुठी रामघाटका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउछन् । आजको दिन यस घाटमा भगवान् रामले बनवास जाने क्रममा यहाँ आएर तपस्या गरेको र दिनहुँ नदीमा नुहाउने गरेका कारण रामघाटलाई विशेष महत्वका साथ धेरै ठाउँबाट स्नान गर्न आउने गरेको उनले बताए ।

तातोपानीघाटमा स्नान गरेर नजिकै रहेको रामपुर नगर गौशालामा गाईको पूजा तथा गाईलाई आहार खुवाउनेको घुइँचो लागेको गौशालाका व्यवस्थापक पिताम्बर भण्डारी बताउछन् । नयाँ वर्ष २०८० को पहिलो दिन आज घरपरिवार, साथीभाइ, आफन्तजनसहित यहाँ आएर स्नान गर्ने तथा एकापसमा खुसी साटासाट गरिरहेका छन् ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन भएकाले कालीगण्डकीका विभिन्न स्थानमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो ।

पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीबेनी, जैमिनीघाट, सेतीवेणी, पुर्तिघाट, नयाँ पुल, गलेश्वरधामलगायतका घाट तथा धाममा बिहानैदेखि भक्तजनको मेला लागेको हो । वैशाखे सङ्क्रान्ति बिग्रेकाहरूले बिहानै कालीगण्डकी नदी स्नान गर्ने परम्पराअनुसार बिहानैदेखि भीड लागेको हो । कालीगण्डकी स्नान गर्नका लागि पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मीलगायतका जिल्लाबाट भक्तजनको घुइँचो लागेको छ ।

यसैबीच मोदीबेनी र सेतीवेणीमा भने सङ्क्रान्तिको अवसरमा विशेष मेला लागेको छ । बिहानैदेखि भजनकीर्तनलगायतका कार्यक्रम गरिएको छन् । दामोदरकुण्ड र कागबेनीबाट सुरु भएको कालीगण्डकी नदीमा स्नान गरे वर्षैभरि नै राम्रो हुने विश्वास रहिआएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलको नयाँ अल टाइम डेटा प्याक, ननस्टप यूट्युब डेटा प्याकको मूल्य दोब्बर
एनसेलको नयाँ अल टाइम डेटा प्याक, ननस्टप यूट्युब डेटा प्याकको मूल्य दोब्बर
जलेश्वरको मेयर उम्मेदवार बन्न राजपामा मारामार, कसले पाउँला टिकट ?
जलेश्वरको मेयर उम्मेदवार बन्न राजपामा मारामार, कसले पाउँला टिकट ?
अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या
अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा
भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
‘मेरो नेतृत्वमा कम्युनिस्टहरूको स्थायी सरकार बनेको छ’ डराउनु पर्दैनः प्रधानमन्त्री ओली
नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
शेयर धितो कर्जामा खुकलो, घर जग्गामा कडाइ
शेयर धितो कर्जामा खुकलो, घर जग्गामा कडाइ