द्वन्द्वपीडितहरु काठमाडौंमा, संक्रमणकालीन न्याय टुंगाउन सरकारसँग आग्रह गर्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
द्वन्द्वपीडितहरु काठमाडौंमा, संक्रमणकालीन न्याय टुंगाउन सरकारसँग आग्रह गर्दै

सारांश

  • काठमाडौं ।
  • विस्तृत शान्ति सम्झौताको १२ वर्ष पुग्नै लागेको छ ।
  • सशस्त्र द्वन्द्वका पीडितहरू संक्रमणकालीन न्याय सल्टाउने बाटोमा जुट्न थालेका छन् ।

काठमाडौं । विस्तृत शान्ति सम्झौताको १२ वर्ष पुग्नै लागेको छ । सशस्त्र द्वन्द्वका पीडितहरू संक्रमणकालीन न्याय सल्टाउने बाटोमा जुट्न थालेका छन् ।

द्वन्द्वपीडितको साझा चौतारीले देशभरका पीडितहरुलाई आज काठमाडौंमा भेला गरी सम्मेलन गर्दैछ । सम्मेलनले ‘बडापत्र’ तयार गर्दैछ । चौतारीले राष्ट्रिय सम्मेलनमार्फत पीडितका

मागसहितका ‘बडापत्र’ सार्वजनिक गर्दै छिटो न्याय प्रक्रिया टुंगाउन सरकारसँग माग गर्दैछन्।
विस्तृत शान्ति सम्झौताले तय गरेका मार्गचित्रका आधारमा संक्रमणकालीन न्याय समाधान पहिल्याउन वडापत्र सार्वजनिक गर्न लागिएको द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले बताए ।

सरकार र प्रमुख राजनीतिक दलको प्रतिवद्धतासहित संक्रमणकालीन न्याय टुंगाउनुपर्ने पीडितहरुको माग छ । अहिलेसम्म संक्रमणकालीन न्याय टुंगाउन राजनीतिक दल र सरकारले कुनैपनि प्रक्रिया अगाडि बढाउन नसकेको पीडितको गुनासो छ ।

प्रमुख सरोकारवाला पक्ष द्वन्द्वपीडित, सरकार, प्रमुख राजनीतिक दलसहितको सहमतिमा समग्र प्रक्रिया तय गरी निष्कर्ष निकाल्न लागिएको हो । एक दशक लामो सशस्त्र द्वन्द्वलाई शान्तिको बाटोमा रूपान्तरण गर्ने विस्तृत शान्ति सम्झौताको दिनलाई विशेष बनाउँदै पीडितहरू समाधानतर्फ जुटेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हामी एकपटकको नेपाली सधैँका नेपाली : प्रधानमन्त्री
हामी एकपटकको नेपाली सधैँका नेपाली : प्रधानमन्त्री
सोमवार मध्यरातदेखि पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि
सोमवार मध्यरातदेखि पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि
लघुवित्त परियोजनामा चिनियाँ सहयोग
लघुवित्त परियोजनामा चिनियाँ सहयोग
संविधान निर्माण ऐतिहासिक उपलब्धि
संविधान निर्माण ऐतिहासिक उपलब्धि
अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ
अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ
भ्रष्टाचारीहरुको लुगा पनि बाँकी नराख्ने लोकमानको चुनौती (विज्ञप्तिसहित)
भ्रष्टाचारीहरुको लुगा पनि बाँकी नराख्ने लोकमानको चुनौती (विज्ञप्तिसहित)
ओलीका सुनौला सपना बिथोल्न सञ्चारमन्त्री र झालाई बदनाम गर्ने षडयन्त्रको निशाना
ओलीका सुनौला सपना बिथोल्न सञ्चारमन्त्री र झालाई बदनाम गर्ने षडयन्त्रको निशाना
भूकम्पः मृतक र घाइते परिवारको जीवनयापन कठिन
भूकम्पः मृतक र घाइते परिवारको जीवनयापन कठिन
काङ्ग्रेस माओवादी सहितका ६ दललाई पछि पार्दै एमाले भारी मतले अगाडि
काङ्ग्रेस माओवादी सहितका ६ दललाई पछि पार्दै एमाले भारी मतले अगाडि
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो

तपाईंले छुटाउनुभयो कि?