नेकपा निकट कर्मचारीलार्इ छानी-छानी बर्खास्त !
सारांश
- काठमाडौं, १ असार ।
- जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका अध्यक्ष पेमनारायण कँडेलले मनोमानी ढंगले ज्यालादारी कर्मचारी बर्खास्त गरेका छन् ।
- कम्पनीमा जीएम् पद रिक्त रहेका बेला अध्यक्षले एकलौटी ढंगले सात जना कर्मचारी बर्खास्त गरेका हुन् ।
काठमाडौं, १ असार । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका अध्यक्ष पेमनारायण कँडेलले मनोमानी ढंगले ज्यालादारी कर्मचारी बर्खास्त गरेका छन् ।
कम्पनीमा जीएम् पद रिक्त रहेका बेला अध्यक्षले एकलौटी ढंगले सात जना कर्मचारी बर्खास्त गरेका हुन् ।
वन मन्त्रालयको योजना शाखा प्रमुखसमेत रहेका अध्यक्ष कँडेलले मन्त्रालयबाट दवाब आएको भन्दै शुक्रबारबाट कार्यालय नआउन निर्देशन दिएको एक कर्मचारीहरुले बताएका छन् । अध्यक्षको निर्देशनलगत्तै शुक्रबार वन मन्त्रालय पुगेका कर्मचारीले सरकारले रोजगारीको अवसर सिर्जना गर्ने बताइरहँदा आफुहरुले खाइपाइ आएको रोजगारी खोस्न नमिल्ने बताए ।
मन्त्रालय स्रोतले भने कर्मचारी निकाल्नेबारेमा कुनै कुराकानी नै नभएको जानकारी दिएको छ । कम्पनीमा प्रमुख नभएकाबेला मन्त्रालयसँग समन्वय नै नगरी कर्मचारी निकाल्नु गैरकानुनी भएको कम्पनीका अन्य कर्मचारीलेसमेत बताएका छन् ।
कम्पनीमा कार्यरत एक कर्मचारीले दिएको जानकारीनुसार कँडेल नेपाली कांग्रेस निकट हुन् । हाल उनले नेपाल कम्युनिष्ट पार्टी (ने क पा)निकट ७ जना कर्मचारीलार्इ बर्खास्त गरेका हुन् । कमला सुवेदी, कविता चौलागाइँ, प्रमिला तिमल्सिना, शारदा बुढाथोकी, सुशिला आचार्य, कुन्ति आचार्य (अधिकारी) र भगवती दाहाललार्इ कँडेलले बर्खास्त गरेका हुन् ।
बर्खास्त भएका सबै कर्मचारी नेकपा निकटका हुन् । कँडेलले उनीहरूलार्इ मन्त्रालयबाट तोक लगाएर ल्याए मात्र हाजिर गराउने भनेको नाम नखुलाउने सर्तमा एक कर्मचारीले बताइन् ।
महाप्रबन्धक माधव ओझाको म्याद सकिएपछि अहिले कम्पनीमा नयाँ महाप्रबन्धक राखिएको छैन् । यहि मौका छोपी कँडेलले कांग्रेस निकट कर्मचारीलार्इ राखेर नेकपा निकट कर्मचारीलार्इ हटाएको आरोप छ ।
Krishna Thakuri
गाेरू बुढाे भए भिर मान्छे बुढाे भए निउँ खाेज्छरे अब यो पेमनारायण कडेलले पनि ने क पाकाे सरकार हुदाहुदै निउँ खाेजेकाे जस्तो छ
KB Basnet
Good news
Apshara Rimal
KP OLI, PRACHANDA LAI BHANNU PARCHA.
Kal Bahadur
कांग्रेससि फटाहाले यस्तै काम गर्छन गरिबको रोटी रोजि खोस्ने यसलाई छानबिन गरि कारबाही गर्नु पर्छ
Chhabilal Sharma
Yas lie pani sarkar la bakhta garnu parxa
Tirtha Raj Giree
Kasto ramro hamro nepal kunai partiko paxi nalage job nai naparne dhanne loktantra
Aidi Kebal
यि फटाहाहरुको कामै यस्तै हो! नानीदेखी लागेको बानी।