बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
सारांश
- काठमाडौं ।
- नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
- कारोबार साताको अन्तिम दिन शुक्रबार २०० ले बढेको सुनको मूल्य आज पहिलो दिन आइतबार पनि प्रतितोला ५०० रुपैयाँले नै बढेको हो ।
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार २०० ले बढेको सुनको मूल्य आज पहिलो दिन आइतबार पनि प्रतितोला ५०० रुपैयाँले नै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य आज १ हजार ३७० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले बढेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया