निजामती विधेयकको छलफल जारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
निजामती विधेयकको छलफल जारी

सारांश

  • राज्य व्यवस्था सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा थप गृहकार्य गर्न न्याय, कानून तथा संसदीय मामिला मन्त्रालय र समिति सचिवालयलाई निर्देशन दिएको छ ।
  • समितिको आजको बैठकमा विधेयकका विषयमा सहमति जुट्न सकेको थिएन ।
  • बैठकमा राजपत्राङ्कित वा अनङ्कित तथा कुन तहसम्मका कर्मचारीलाई युनियनमा आवद्ध हुन दिने भन्ने विषयमा सांसदहरुका बीचमा सहमति हुन सकेको थिएन ।

राज्य व्यवस्था सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा थप गृहकार्य गर्न न्याय, कानून तथा संसदीय मामिला मन्त्रालय र समिति सचिवालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा विधेयकका विषयमा सहमति जुट्न सकेको थिएन । बैठकमा राजपत्राङ्कित वा अनङ्कित तथा कुन तहसम्मका कर्मचारीलाई युनियनमा आवद्ध हुन दिने भन्ने विषयमा सांसदहरुका बीचमा सहमति हुन सकेको थिएन । केही सांसदले भने निजामती युनियनको व्यवस्था नै हटाउनुपर्ने माग राख्नुभएको थियो ।

सभापति शशी श्रेष्ठले सांसदहरुले राख्नुभएको विचारका आधारमा अर्को बैठकमा थप गृहकार्य गरेर मस्यौदा ल्याउन निर्देशन दिनुभयो । सांसद पम्फा भुसालले तीन तहका कर्मचारीलाई एकै खालको व्यवस्था नगरी फरक–फरक गर्न माग गर्नुभएको थियो ।

सांसद रेखा शर्माले राजपत्र अनङ्कितलाई मात्र युनियनको अधिकार दिनुपर्ने बताउनुभयो । सांसद प्रेम सुवालले संविधानको धारा ३४ अनुसार युनियनको अधिकार कटौती गर्न नसके पनि निजामती, सेना र प्रहरीमा यस्तो व्यवस्था गर्नु नहुने बताउनुभयो ।

सांसद डिला सङ्ग्रौलाले लोकतान्त्रिक व्यवस्था नै अधिकारका लागि भएकाले युनियनमा आवद्ध हुन पाउने व्यवस्थालाई कुण्ठित गर्नु नहुने विचार राख्नुभयो । सांसद दिलेन्द्रप्रसाद बडूले ऐनमा निश्चित व्यवस्था गरी त्यसको व्याख्या नियमावलीमा गरिनुपर्ने तर्क गर्नुभयो । सांसद झपट रावलले युनियनको अधिकारसँगै कर्मचारीलाई आचारसंहिताको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

सांसद नवराज सिलवालले पार्टीको हितको राजनीति नभइ कर्मचारीको हक हितका लागि काम गर्ने युनियनको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । सांसद देवेन्द्रराज कँडेलले केन्द्रबाट स्थानीय तहमा पठाइएका कर्मचारीलाई स्थानीय तहका प्रमुखले हाजिर नगराई आफूखुशी प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयर नियुक्त गरी भ्रष्टाचार बढिरहेकाले निजामतीका बारेमा कानून बनाउँदा विचार गरिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा
महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस
नेपाली कामदार लैजान आज जापानसँग श्रमसमझदारी हुँदै
नेपाली कामदार लैजान आज जापानसँग श्रमसमझदारी हुँदै
गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव
गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव
आज विश्व पशु दिवस मनाइँदै
आज विश्व पशु दिवस मनाइँदै
प्रचण्डले दिए जिम्मेवारी- महरालाई सभामुख, वर्षमान पार्टी सम्हाल्ने
प्रचण्डले दिए जिम्मेवारी- महरालाई सभामुख, वर्षमान पार्टी सम्हाल्ने
हुम्लामा हेलिकप्टरकाे पंखाले लागेर एक जनाकाे मृत्यु !
हुम्लामा हेलिकप्टरकाे पंखाले लागेर एक जनाकाे मृत्यु !
मुलुकभर चोरीका घटना बढ्यो
मुलुकभर चोरीका घटना बढ्यो
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यसरी सम्झियो खगेन्द्र थापा मगरलाई
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यसरी सम्झियो खगेन्द्र थापा मगरलाई
आजका यी राशीको शुभ दिन छ…
आजका यी राशीको शुभ दिन छ…

तपाईंले छुटाउनुभयो कि?