जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ५, २०७९
|
|
२२ पटक हेरिएको
Shares
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”

सारांश

  • भीमदत्तनदगर – आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताए ।
  • नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक राजदूत मायरले आफ्नो कार्यकाल पूरा गरी झन्डै ११ हजार किलोमिटरको लामो स्थलयात्रा गर्ने क्रममा आइतबार साँझ कञ्चनपुरको भीमदत्तनगर पुग्नुभएका उनले नेपालमा पर्यटकीय सम्भावना बोकेका स्थलहरु धेरै रहेको बताए ।
  • गाउँबस्ती घुम्ने रहर र सवारी ट्राफिक कम हुने भएकाले आफूले मोटरकारमै जर्मनी जाने निधो गरेको उहाँले बताए ।

भीमदत्तनदगर – आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताए ।

नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक राजदूत मायरले आफ्नो कार्यकाल पूरा गरी झन्डै ११ हजार किलोमिटरको लामो स्थलयात्रा गर्ने क्रममा आइतबार साँझ कञ्चनपुरको भीमदत्तनगर पुग्नुभएका उनले नेपालमा पर्यटकीय सम्भावना बोकेका स्थलहरु धेरै रहेको बताए ।

गाउँबस्ती घुम्ने रहर र सवारी ट्राफिक कम हुने भएकाले आफूले मोटरकारमै जर्मनी जाने निधो गरेको उहाँले बताए । आइतबार साँझ बसाईका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको शुक्लाफाँटा कटेज पुगेका राजदूत मायरले शुक्लाफाँटा, झोलुङ्गे पुल, जुम्ला, रारालगायतका पर्यटकीयस्थल घुम्नका लागि बिदा लिएर आउने बताए । रासससँग कुराकानी गर्दै उनले मुस्ताङ र मनाङलगायतका क्षेत्रमा भ्रमण गरेको स्मरण गर्दै यहाँको कला संस्कृतिको विविधताले आफूलाई लोभ्याएको बताए ।

“मलाई शान्तपूर्ण वातावरणमा बस्ती घुम्दै नयाँ मान्छेसँग परिचय गर्दै गफिन मन पर्छ ।” तीन वर्ष कार्यकाल सकेर स्वदेश फर्किदै गर्नुभएका राजदूतले भने– “त्यै भएर पनि मैले स्थलमार्गबाट स्वदेश फर्किने निधो गरेको हुँ” “सधैँ विमानमा मात्रै कति आवतजावत गर्ने ? उनले प्रश्न गरे ।”

उनी आज बिहान पश्चिमी नाका गड्डाचौकी हुँदै भारततर्फ प्रस्थान गरेका छन् । भारतबाट पाकिस्तान–इरान–टर्की हुँदै युरोपेली देश प्रवेश गर्ने उनले बताए ।

नेपालको पर्यटकीय विकासका लागि जर्मनीको निरन्तर साथ र सहयोग रहने उनले बचन दिए । “लामो यात्राले थकित भएकाले शुक्लाफाँटा र महाकाली नदीको झोलुङ्गे पुल हेर्न जान सकिन ।” उनले भने “कर्मचारी भएपछि सरुवा हुने, अर्को आउने चक्र नै हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनकोशी नदी तटीय क्षेत्रमा अलर्ट, कास्कीमा पनि बाढीको खतरा
सुनकोशी नदी तटीय क्षेत्रमा अलर्ट, कास्कीमा पनि बाढीको खतरा
इरानमा ‘गोही’ लाई फाँसी
इरानमा ‘गोही’ लाई फाँसी
बुद्धको सन्देशबाट विश्व शान्ति कायम हुनसक्छ : उपराष्ट्रपति
बुद्धको सन्देशबाट विश्व शान्ति कायम हुनसक्छ : उपराष्ट्रपति
सर्वोच्चले भन्याे ‘सुमार्गीको रकम रोक्का नगर’
सर्वोच्चले भन्याे ‘सुमार्गीको रकम रोक्का नगर’
‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्रीले गरे मन्त्रीपरिषद बिस्तार
‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्रीले गरे मन्त्रीपरिषद बिस्तार
हितबहादुर र अनितादेवी नयाँ मन्त्री !
हितबहादुर र अनितादेवी नयाँ मन्त्री !
एनआरएनएको संरचना परिवर्तनलाई लिएर जर्मनीमा नेपालीको झगडा
एनआरएनएको संरचना परिवर्तनलाई लिएर जर्मनीमा नेपालीको झगडा
घुस असुल्दै आएका यी एसपी साव !
घुस असुल्दै आएका यी एसपी साव !
ऋषि परियारः हातले टेकेर तीन किलोमिटर हिँड्छन्,विश्व रेकर्ड तोड्ने चाहाना
ऋषि परियारः हातले टेकेर तीन किलोमिटर हिँड्छन्,विश्व रेकर्ड तोड्ने चाहाना
यस वर्षको मनसुन बाहिरिन सुरु, केही भूभागमा हल्का वर्षाको सम्भावना
यस वर्षको मनसुन बाहिरिन सुरु, केही भूभागमा हल्का वर्षाको सम्भावना

तपाईंले छुटाउनुभयो कि?