पारस खड्का विश्वकाे ४१ अाैँ उत्कृष्ट अलराउण्डर
सारांश
- काठमाडाैँ, २७ कात्तिक ।
- नेपाली क्रिकेट टाेलिका कप्तान पारस खड्का विश्वकाे उत्कृष्ट अलराउन्डरकाे सूचीमा ४१ अाैँ नम्बरमा परेका छन् ।
- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि-ट्वान्टी क्रिकेट अलराउन्डर विधाकाे बरियतामा पारस ४१ अाैँ नम्बरमा परेका हुन् ।
काठमाडाैँ, २७ कात्तिक । नेपाली क्रिकेट टाेलिका कप्तान पारस खड्का विश्वकाे उत्कृष्ट अलराउन्डरकाे सूचीमा ४१ अाैँ नम्बरमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि-ट्वान्टी क्रिकेट अलराउन्डर विधाकाे बरियतामा पारस ४१ अाैँ नम्बरमा परेका हुन् । उनले इंग्ल्यान्डका जाइ रुट, बेन स्टोक्स, दक्षिण अफ्रिकाका क्रिस मोरिस, पाकिस्तानका हसन अली, इमाद वासिम जस्ता विश्वचर्चित खेलाडीलाई पछि पारेका छन् । त्यस्तै नेपालकै साेमपाल कामी साेही सूचीकाे ६४ अाैँ नम्बरमा परेका छन् ।
पारस ब्याटिङ्काे बरियतामा पनि पर्न सफल भएका छन् । उनी विश्वकाे ९३ अाैँ उत्कृष्ट ब्याट्सम्यान बनेका छन् । भने साेमपाल बलिङ तर्फ ९४ अाैँ नम्बरमा परेका छन् । त्यस्तै बलिङतर्फ नेपालकै बसन्त रेग्मी पनि पर्न सफल भएका छन् । बसन्त ७५ औं स्थानमा छन् ।
टि-ट्वान्टी क्रिकेटको ब्याटिङ बरियताको शीर्ष स्थानमा भने पाकिस्तानका बाबर अजाम रहेका छन् । त्यस्तै, बलिङतर्फ अफगानिस्तानका युवा बलर राशिद खान रहदा अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल रहेका छन् ।
प्रतिक्रिया