अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १३, २०८०
|
|
६० पटक हेरिएको
Shares
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित

सारांश

  • काठमाडौं ।
  •  राष्ट्रिय सभा बैठक १४ मिनेटका लागि स्थगित गरिएको छ ।
  • अर्थतन्त्रसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल भइरहँदा अर्थमन्त्री डा प्रकाशशरण महत उपस्थित नभएपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएसँगै बैठक १४ मिनेटका लागि स्थगित गरिएको हो ।

काठमाडौं । राष्ट्रिय सभा बैठक १४ मिनेटका लागि स्थगित गरिएको छ । अर्थतन्त्रसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल भइरहँदा अर्थमन्त्री डा प्रकाशशरण महत उपस्थित नभएपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएसँगै बैठक १४ मिनेटका लागि स्थगित गरिएको हो ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक पटक अर्थमन्त्री केही समयमा आउने र छलफलमा उठेका विषय टिपोट भइरहेको जानकारी गराउँदा पनि एमाले सांसदहरुले उठेर विरोध जनाए । यसपछि अध्यक्ष तिमिल्सिनाले आजै बस्ने गरी १४ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?