जापानका उद्योगीहरु नेपालमा लगानी गर्न इच्छुक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
१८ पटक हेरिएको
Shares
जापानका उद्योगीहरु नेपालमा लगानी गर्न इच्छुक

सारांश

  • २१ कात्तिक, काठमाडौं ।
  • जापानका उद्योगीहरु नेपालको कृषि र उद्योग क्षेत्रमा लगानी गर्न इच्छुक देखिएका छन् ।
  • नेपाल भ्रमणमा रहेका जापानका उद्योगीहरुले नेपालको कृषि र उद्योग क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन ।

२१ कात्तिक, काठमाडौं । जापानका उद्योगीहरु नेपालको कृषि र उद्योग क्षेत्रमा लगानी गर्न इच्छुक देखिएका छन् ।

नेपाल भ्रमणमा रहेका जापानका उद्योगीहरुले नेपालको कृषि र उद्योग क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन ।

नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जापानका उद्योगीहरुले नेपालमा लगानी गर्ने वातावरण बनेको उल्लेख गर्दै कृषि र उद्योग क्षेेत्रमा लगानी गर्ने चाहना व्यक्त गरेका हुन ।

जापानका उद्योगीहरुले नेपालको कृषि र उद्योग क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले जानकारी दिए ।

सिंगापुरमा व्यवसाय गर्दै आएका जापानीज उद्योगीहरुको टोली लगानीको वातावरण बनेपछि नेपाल भ्रमणमा आएका हुन् ।

उनीहरुले नेपालमा लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वप्रति आभार पनि व्यक्त गरेका छन् ।

सरकारले लगानी मैत्री वातावरण बनाउन भन्दै श्रम ऐन, उद्योग ऐन पारित गरेपछि अन्तराष्ट्रिय समुदायहरु नेपालमा लगानी भित्रयाउन तयार देखिएका हुन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?