तातोपानी डुब्न गएका गृहमन्त्री थापाले गरे बस उद्घाटन
सारांश
- काठमाडौं ।
- गृहमन्त्री रामबहादुर थापाले यातयात सेवाको उद्घाटन गरेका छन् ।
- म्याग्दीको तातोपानी डुब्न पुगेका गृहमन्त्री थापाले म्याग्दी कोरला यातयात प्रालिद्वारा बेनी–काठमाडौं सडकमा चलाउने सुविधायुक्त बसको उद्घाटन गरेका हुन् ।
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले यातयात सेवाको उद्घाटन गरेका छन् । म्याग्दीको तातोपानी डुब्न पुगेका गृहमन्त्री थापाले म्याग्दी कोरला यातयात प्रालिद्वारा बेनी–काठमाडौं सडकमा चलाउने सुविधायुक्त बसको उद्घाटन गरेका हुन् ।
गृहमन्त्री थापाले सरकारले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेका एकाधिकार हटाउने बताए । मुलुकको समृद्धि, नागरिकको आयआर्जनमा सुधार ल्याउन सरकारले यातायातसँगै शिक्षा,
स्वास्थ्य, उद्योग, चिकित्सालगायत क्षेत्रको एकाधिकार अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरे ।
मुठ्ठीभरका व्यक्तिले हरेक क्षेत्र ओगटेर बसेको र सीमिति मान्छे मात्रै धनी भएको बताउँदै सबैलाई समान अवसर सिर्जना गर्न एकाधिकार तोड्न जरुरी रहेको बताए ।
यातायातको क्षेत्रमा वर्षौदेखि रहेको एकाधिकारले यात्रुहरुलाई बाधा पुगेको भन्दै कानुनी रुपमै हटाउने मन्त्री थापाको दाबी छ ।
प्रतिक्रिया