विज्ञहरुले नेपालमा सलह आउँदैन भन्दाभन्दै कसरी आयो ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १४, २०७७
|
|
३२ पटक हेरिएको
Shares
विज्ञहरुले नेपालमा सलह आउँदैन भन्दाभन्दै कसरी आयो ?

सारांश

  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ ।
  • नेपालमा मनसुन शुरु भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन हुँदै गर्दा मौसममा आएको परिवर्तन (खासगरी हावाको दिशा र गतिमा अचानक आएको परिवर्तन)ले सलहको सानो झुण्ड छरिएर आएको हुनसक्ने मन्त्रालयले प्रारम्भिक अनुमान गरेको हो ।
  • यस विषयमा जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा रही कीराको सम्भावित प्रवेशको सम्बन्धमा अनुगमन गरिरहेको मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ । नेपालमा मनसुन शुरु भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन हुँदै गर्दा मौसममा आएको परिवर्तन (खासगरी हावाको दिशा र गतिमा अचानक आएको परिवर्तन)ले सलहको सानो झुण्ड छरिएर आएको हुनसक्ने मन्त्रालयले प्रारम्भिक अनुमान गरेको हो ।

यस विषयमा जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा रही कीराको सम्भावित प्रवेशको सम्बन्धमा अनुगमन गरिरहेको मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ । शनिबार बिहान सलह कीरा नेपाल प्रवेश गरी बारा, पर्सा, सिन्धुली, सर्लाही, रुपन्देहीलगायत जिल्लामा यसको उपस्थिति देखिएको छ ।

सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएको थियो । नेपालमा पनि सम्भावित प्रवेशलाई दृष्टिगत गर्दै त्यसको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो । कार्यदलले अध्ययन गरी आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार पारिसकेको छ ।

मन्त्रालयले उक्त प्रतिवेदनका आधारमा सबै सम्बद्ध निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ । यस बीचमा विश्व खाद्य तथा कृषि सङ्गठनका विज्ञसँगको परामर्श गरी सलहका सम्बन्धमा प्राविधिक जानकारी तयार पारी प्रकाशन गरिएको र विभिन्न सञ्चारमाध्यामबाट प्रचारप्रसार गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आँकलन लगायतको विषयमा जानकारी लिन सङ्घीय निकाय र प्रदेशअन्तर्गतका प्राविधिकहरु परिचालित भइसकेको जनाएको छ । सङ्घमा रहेको प्राविधिक कार्यदल र सम्बन्धित निकाय पनि सक्रिय भएका छन् । मन्त्रालयले प्राविधिकको सम्पर्क र समन्वयमा यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

several Tips For Getting in contact with a Women — 6 Solutions to Maximize Your Likelihood of Meeting a Seeking Woman
पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ ले संसदमा हंगामा
पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ ले संसदमा हंगामा
कारोबार रकम र नेप्से दुवै घट्यो
कारोबार रकम र नेप्से दुवै घट्यो
बिहिवार थपिए ३७ सय ४९ कोरोना संक्रमित
बिहिवार थपिए ३७ सय ४९ कोरोना संक्रमित
संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहतको व्यवस्था मिलाइ दिन पीडितको आग्रह
संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहतको व्यवस्था मिलाइ दिन पीडितको आग्रह
विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर भिजिट भिषामा ल्याएका २२ जना नेपाली अलपत्र !
विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर भिजिट भिषामा ल्याएका २२ जना नेपाली अलपत्र !
जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ
जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ
सम्पादकीय : मुलुकी संहितामा पोखिएको लोकतान्त्रिक दलहरुका अलोकतान्त्रिक चरित्र
सम्पादकीय : मुलुकी संहितामा पोखिएको लोकतान्त्रिक दलहरुका अलोकतान्त्रिक चरित्र
३३ किलो सुन प्रकरण: एसएसपी खत्री फरार !
३३ किलो सुन प्रकरण: एसएसपी खत्री फरार !
प्रकाशको निधनपछि दुई घेरामा यसरी चल्दैछ प्रचण्डको सचिवालय
प्रकाशको निधनपछि दुई घेरामा यसरी चल्दैछ प्रचण्डको सचिवालय

तपाईंले छुटाउनुभयो कि?