स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १०, २०८०
|
|
२७ पटक हेरिएको
Shares
स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति

सारांश

  • काठमाडाैं ।
  • प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रका लागि आवश्यक चिकित्सक उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
  • नेपाली सेनाको कल्याणकारी कोषले सञ्चालनमा ल्याएको संस्थानको ११औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले सबल, सक्षम र योग्य स्वास्थ्यकर्मीको माग पूरा गर्न संस्थानको ठूलो योगदान रहेको बताए।

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रका लागि आवश्यक चिकित्सक उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेपाली सेनाको कल्याणकारी कोषले सञ्चालनमा ल्याएको संस्थानको ११औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले सबल, सक्षम र योग्य स्वास्थ्यकर्मीको माग पूरा गर्न संस्थानको ठूलो योगदान रहेको बताए।

प्रधानसेनापति शर्माले नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको शिक्षा ऐनको परिधिभित्र रही संस्थानले विभिन्न शैक्षिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै आएको बताए । उनले चिकित्साशास्त्रसम्बन्धी नियामक निकाय चिकित्सा शिक्षा आयोगबा प्राप्त सहयोगका लागि आभार प्रकट गरे । उनले राष्ट्रको स्वास्थ्य जनशक्तिको आवश्यकता परिपूर्ति गर्ने कार्यमा यस संस्थानले सधैँ नै उच्चरुपको मान्यता राखन र सोही अनुसारका योग्य चिकित्सक उत्पादन गर्न शुभकामना दिए ।

उनले आवश्यकताको परिपूर्तिका लागि विभिन्न प्रकारका स्रोतको उपलब्धता सुनिश्चितता गर्नेतर्फ आफूले पहल गरिरहेको बताए । संस्थानलाई अब्बल बनाउन सिफारिस गरिएका सुझावलाई आफूले स्वीकार गरी संस्थानलाई राम्रो बनाउनका लागि थप बजेट तथा लगानी गर्ने गरेको उनको भनाइ छ । प्रधानसेनापति शर्माले संस्थाको गरिमा र गुणस्तरलाई कायम राख्न सबैको ध्यानाकर्षण गराए ।

उनले सूचना प्रविधिमा पोख्त हुँदै आफ्नो दक्षता प्रदर्शन गर्न विद्यार्थीहरुलाई आग्रह गरे । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले संस्थान छोटो अवधिमा विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको र प्रतिस्पर्धामा उच्च स्तरको रहेको बताए । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थानका डिन प्राडा दिव्यासिंह शाहले संस्थान छोटो समयमा उत्कृष्ट प्रतिष्ठानका रुपमा स्थापित भएको बताए । उनले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको माग पूरा गर्न संस्थान सफल हुने विश्वास व्यक्त गरे ।

संस्थानका कार्यकारी निर्देशक नगेन्द्रबहादुर केसीले स्थापनाकालदेखि हालसम्म एक हजार ८२ विद्यार्थीले चिकित्सासम्बन्धी उच्च शिक्षा लिएका जानकारी दिए । उनले हाल संस्थानमा एक हजार एक सय नौ विद्यार्थी अध्ययनरत रहेको जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–चीन सीमा प्रश्नमा सरकारको टिप्पणीबारे ध्यानाकर्षण
नेपाल–चीन सीमा प्रश्नमा सरकारको टिप्पणीबारे ध्यानाकर्षण
हतकडीसहित भागेका थुनुवा भक्तपुर स्थित जडिबुटीबाट पक्राउ
हतकडीसहित भागेका थुनुवा भक्तपुर स्थित जडिबुटीबाट पक्राउ
भरतपुरको मतगणनाबारे निर्णय गर्न आयोगको बैठक जारी
भरतपुरको मतगणनाबारे निर्णय गर्न आयोगको बैठक जारी
राजनीतिक धु्रवीकरणले लोकतन्त्रिक शक्तिलाई बलियो बनाउँछ–मन्त्री थापा
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
आउँदो माघमा एकीकृत समाजवादीको १०औं महाधिवेशन
आउँदो माघमा एकीकृत समाजवादीको १०औं महाधिवेशन
विद्यालय निर्माणका लागि जापानी सहयोग
विद्यालय निर्माणका लागि जापानी सहयोग
निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न अदालतले दियो आदेश
निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न अदालतले दियो आदेश
डडेल्धुरामा १३६ एचआइभी सङ्क्रमित
डडेल्धुरामा १३६ एचआइभी सङ्क्रमित
क्याटलोनियालाई किन चाहियो अन्तर्राष्ट्रिय मध्यस्थता ?
क्याटलोनियालाई किन चाहियो अन्तर्राष्ट्रिय मध्यस्थता ?

तपाईंले छुटाउनुभयो कि?