जापानले उत्तर कोरियामाथि थप प्रतिबन्ध गरे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
२० पटक हेरिएको
Shares
जापानले उत्तर कोरियामाथि थप प्रतिबन्ध गरे

सारांश

  • मंसिर २९ –जापानले उत्तर कोरियामाथिको प्रतिबन्ध विस्तार गरेको छ ।
  • उत्तर कोरियाले गर्दै आएको मिसाइल परीक्षण तथा उसको परमाणु कार्यक्रमका कारण तनाव बढेका बेला जापानले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाएको हो ।
  • जापानले उत्तर कोरियाका १९ कम्पनी तथा अरु केही व्यक्तिको सम्पत्ति फ्रिज गरेको छ ।

मंसिर २९ –जापानले उत्तर कोरियामाथिको प्रतिबन्ध विस्तार गरेको छ । उत्तर कोरियाले गर्दै आएको मिसाइल परीक्षण तथा उसको परमाणु कार्यक्रमका कारण तनाव बढेका बेला जापानले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाएको हो ।

जापानले उत्तर कोरियाका १९ कम्पनी तथा अरु केही व्यक्तिको सम्पत्ति फ्रिज गरेको छ । योसँगै उत्तर कोरियासँग आर्थिक कारोबार गर्दै आएका चीन तथा रुसका दुई सय १० भन्दा बढी कम्पनी तथा व्यक्ति प्रभावित भएका छन् । बैंकिङ क्षेत्र, कोइला तथा तेल र यातायात क्षेत्र लगायतको सम्पत्ति फ्रिज गरेको जापानको विदेशमन्त्रीले बताएका छन् ।

उत्तर कोरियाले गर्दै आएको परमाणु तथा मिसाइल परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । यसले गर्दा अमेरिकासँगको सम्बन्धमा पनि थप चिसोपन आएको छ । यसैबीच संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको आणविक कार्यक्रलाई प्रभावित गर्न आर्थिक प्रतिबन्ध लगाउने कानुन नै पारित गरेको छ । शुक्रबार बसेको सुरक्षा परिषदको बैठकले उत्तर कोरियाको आणविक कार्य रोक्न नयाँ शान्तिपूर्ण कदम खोज्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?