तिन बर्ष लगाएर ओके भनेको शोलेको एउटा ‘शिन’

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
तिन बर्ष लगाएर ओके भनेको शोलेको एउटा ‘शिन’

सारांश

  • काठमाडाै, ३० साउन ।
  • हिन्दी फिल्म उद्योगको उत्कृष्ट फिल्म मध्यको ‘शोले’ प्रदर्शन भएको आज ४३ वर्ष पुरा भएको छ ।
  •   आजकै दिन सन् १९७५ मा यो फिल्म प्रदर्शनमा आएको थियो ।

काठमाडाै, ३० साउन । हिन्दी फिल्म उद्योगको उत्कृष्ट फिल्म मध्यको ‘शोले’ प्रदर्शन भएको आज ४३ वर्ष पुरा भएको छ ।  आजकै दिन सन् १९७५ मा यो फिल्म प्रदर्शनमा आएको थियो । उत्कृष्ट कलाकार, उनीहरुको बेजोड अभिनय र दमदार सम्वादका कारण आजसम्म पनि ‘शोले’ फिल्मको चर्चा भइरहन्छ ।

शोले फिल्ममा रहेको रामगढ गाउँ, डरलाग्दो डाँका गब्बर, जय र वीरुको मित्रता होस् वा फिल्मकी अभिनेत्री बसन्ती र उनको धन्नो, ठाकुर र उसको आलिशान बंगला हरेक कुरा आजसम्म पनि दर्शकले सम्झन्छन् । ‘शोले’ एक यस्तो फिल्म हो जसले यस फिल्मका कलाकारहरुको करियरलाई एकाएक उचाइमा त पु¥यायो नै साथमा यस फिल्मका निर्देशक रमेश सिप्पीको करियरको सर्वश्रेष्ठ फिल्म सावित भयो । त्यस जमानामा २ करोड रुपैयाँको बजेटमा कयौं वर्ष लगाएर यस फिल्मको निर्माण पूरा गरिएको थियो ।

साथै फिल्ममा रहेको एउटा अचम्म को कुरा के हो भने ‘शोले’ मा एक यस्तो दृश्य छ जसको छायाँंकन १-२ हप्ता वा महिना लगाएर होइन ३ वर्ष लागेको  थियो ।  कैयौं पटक त्यस दृश्यलाई छायाँकन गर्न खोज्दा पनि चाहेजस्तो उत्कृष्टता आएको थिएन ।

दृश्यमा जया बच्चन साँझको समयमा ठाकुरको बंगलामा रहेका लालटिन बालिरहेको देखिन्छिन् भने अभिताभ बच्चन अर्को घरबाहिर बसेर माउथ अर्गान बजाइरहेका देखाइएको छ ।

यो दृश्यलाई छायाँकन गर्न ३ वर्ष लागेको थियो । फिल्मका निर्देशक रमेश सीप्पी जस्तो लाइट चाहन्थे त्यो लाईट लिन सकिएको थिएन । सूर्यास्तको समयमा छायाँकन गर्ने क्रममा तादात्म्य नमिलेकै कारण चाहिएको दृश्य खिच्न सकिएको थिएन ।  ३ वर्षसम्मको प्रयासपछि त्यस दृश्यको छायाँकन गरिएको थियो । ‘शोले’ फिल्मले खलनायक अमजद खानको करियरलाई नयाँ उचाइमा पुर्‍याइदियो ।

उनी यस फिल्ममा डाँकु गब्बर सिंहको भूमिकामा थिए । उनले यो भूमिका यति जीवन्त तरिकाले निर्वाह गरेका थिए कि सबैले उनलाई साच्चैको डाँकु सम्झन्थे ।

तर यस फिल्ममा अमजद खान त्यस भूमिकाका लागि पहिलो रोजाई भने थिएनन् । ‘शोले’ को डाँकु गब्बरका लागि पहिले  डेनी डेन्जोंगपालाई अफर गरिएको थियो । तर डेनीले यो भूमिका निर्वाह नगरेपछि अमजद खानले गब्बर बन्ने मौका पाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?